युएईमा नेपाली कराँते खेलाडीको सहभागिता र स्की श्रृंखला सकाएर राई फ्रान्सतर्फ

प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार १४:०४


काठमाडौं, बैशाख ६ ।
अल वसल क्लब दुबईमा २१ अप्रिलमा हुने १३ औँ राष्ट्रिय कराँते च्याम्पियनशिप (जेकेएसकप) २०१७ मा युएईमा रहेका नेपाली कराँतेकर्मीको पनि सहभागिता रहने छ ।

पबित्र भण्डारी टिम प्रमुख रहेको भी.पि. क्लबका खेलाडीमा बिजय तामाङ्ग, पुष्प न्यौपाने, उत्तम गुरुङ्ग र कुमार भुसाल रहेका छन् । टोलीका अफीसियलमा परशुराम घिमिरे र हिरा लाल श्रेष्ठ रहेका छन् । यसैगरी, बिशाल थापा रेफ्रीको रूपमा रहेका भने टोलीका मुख्य प्रशिक्षकमा रबि शाही रहेका छन् ।

त्यसैगरी, स्वीडेनमा भएको ५ किलो मिटर फ्रिस्टाइल स्कीमा सहभागि भएकी मनीकला राईको एक साता लामो स्की रेस श्रृंखला सकिएको छ ।
स्की खेलाडी तथा अल्ट्रा धाबीका मनीकला मंगलबार नै स्वीडनबाट फ्रान्सतर्फ प्रस्थान गरेकी छिन् । उनले १९ मिनेट २८.४३ सेकेन्डमा रेस पुरा गरेकी थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....