नेपाल हस्तकला महासंघकाे ३८ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सुरेन्द्रभाई शाक्य निर्वाचित

प्रकाशित मिति: २९ पुष २०७५, आईतवार १०:३४


काठमाडाैं, पुष २९ ।
नेपाल हस्तकला महासंघको ३८ औँ महाधिवेशन शनिबार राजधानीमा एक विशेष कार्यक्रमकाे आयाेजना गरी सम्पन्न भएकाे छ । उक्त महाधिवेशनकाे चुनावबाट अध्यक्ष पदमा ललितपुर नागबहालका सुरेन्द्रभाई शाक्य निर्वाचित भएका छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा नकबहिलका प्रचण्ड शाक्य, जिल्ला तथा वस्तुगत उपाध्यक्षमा दिपेन्द्र शाक्य, उद्योग उपाध्यक्ष सनम शाक्य, एशोसियट उपाध्यक्ष सुनिल चित्रकार, वाणिज्य उपाध्यक्ष रबिन्द्र शाक्य र व्यक्तिगत उपाध्यक्षमा राजमान बज्राचार्य गरी छ जना उपाध्यक्षमा निर्वाचित भएका छन् ।

उक्त महाधिवेशनले २५ जनाकाे कार्यसमितिसमेत गठन गरेकाे छ । जसमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित छ जना उपाध्यक्ष र १५ जना सदस्यहरू नियुक्त गरेका छन् । जसमा निवर्तमान अध्यक्षमा धर्मराज शाक्य रहेका छन् भने नवनिर्वाचित सदस्यहरूमा क्रमशः प्रदिप शाक्य, सुबिन शाक्य, उपेन्द्र बाराही, सुदन शाक्य, सबिता सिंह महर्जन, विक्रम सिंह महर्जन, राजेन्द्र शाक्य, जीवन शाक्य, प्रताप शाक्य, मनमाेहन सिंह मल्ल, चुडादेव लामा, हिरा भट्टराई, माेहनकृष्ण मानन्धर, सुनिता श्रेष्ठ र किरणबहादुर खड्गी रहेका छन् । त्यसैगरी दुई जना सदस्य पछि मनाेनित गर्ने वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिएका छन् ।

निर्वाचित नयाँ कार्यसमितिलाई सफल कार्यकालकाे लागि हार्दिक शुभकामना ।


प्रतिक्रिया

ताजा खबर

More

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्काशन सम्झौता

काठमाडाैं, बैशाख १८ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण.....