डीपीएल लिगको उपाधि धनगढीको चौराह टीमको पोल्टामा

प्रकाशित मिति: ९ बैशाख २०७४, शनिबार १५:१७


धनगढी, बैशाख ९ ।
धनगढीको सशस्त्र प्रहरीको क्रिकेट मैदानमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत पहिलो संस्करणको उपाधि धनगढीकै चौराह टीमले हात पार्न सफल भएको छ ।

लिग चरणका सुरुवाती तीन खेलमा पराजित भएर पनि त्यसपछिका सम्पूर्ण खेलमा जित हात पार्दै पारस खड्का नेतृत्वको धनगढीले उपाधि उचाल्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको टीम चौराह धनगढीले आरिफ शेखको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको लक्ष्य पछ्याएको विराटनगर किङ्स १८ ओभर १ बलमा ९७ रनमै अलआउट भएपछि चौराहा धनगढीले ६२ रनको जित सुनिश्चित गरेको हो ।

विराटनगर किङ्सका लागि प्रनित थापामगरले सर्वाधिक २७ रन बनाए । अमित श्रेष्ठले २६ तथा दिपेन्द्र सिंह ऐरी र अनिल साहले समान १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । विराटनगरलाई सस्तैमा समेट्न सुशील भारीले ३, सौरभ खनालले २ र आरिफ शेखले एक विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रनको योगफल तयार पारेको हो । सामान्य सुरुवात गरेको धनगढीले अन्तिम ८ ओभरमा १ सय ११ रन जोडेपछि उच्च योगफल तयार पार्न सफल भयो । मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख, अमर राउटेला र कप्तान खड्काले उत्कृष्ट पारी खेलेपछि ३७ रन जोड्दा ३ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै धनगढीले उच्च योगफल तयार पारेको हो ।

आरिफले सर्वाधिक ५४ रन बनाए । चार छक्का र चार चौकाको मद्दतमा आरिफले ३० बलमा ५४ रन जोडे । यस्तै मात्र १५ बल खेलेका राउटेला ३१ रनमा नटआउट रहे । आरिफ र राउटेलाले पाँचौ विकेटका लागि मात्र ४ ओभरमा ६३ रनको साझेदारी गरे । विराटनगरका सुशील कँडेलले २ तथा सन्दिप लामिछाने, प्रकाश बिष्ट र जितेन्द्र मुखियाले समान एक एक विकेट लिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....