एटीएमबाट पैसा निकाल्न ब्यायफ्रेण्डको शव हप्तासम्म कोठामा राखेपछि…

एजेन्सी, चैत्र २८ ।
भनिन्छ, पैसा देखेपछि महादेवको पनि तीन नेत्र । अर्थात पैसाको लोभमा मानिसले कस्तोसम्म अपराध गर्न सकिन्छ भन्ने उदाहरण धेरै छन् । यस्तै भएको छ अमेरिकाको मिशिगन शहरमा । एक महिलाले आफ्नो ब्वायफ्रेण्डको एटीएम प्रयोग गरेर पैसा निकाल्न एक हप्तासम्म ब्वायफ्रेण्डको शव कोठामै राखेपछि ती महिला पक्राउ परेकी छन् ।
४९ वर्षीया महिलाले ६१ वर्षीय व्वायफ्रेण्डको शव आफू बस्ने अर्पाटमेन्टको कोठामा रहेको कुर्सीमा राखेकी थिइन् । एक हप्तासम्म ती पुरुष घर नआएपछि उनका परिवारले प्रहरीमा रिर्पोट गरेका थिए । प्रहरीमा रिर्पोट गरेपछि ती पुरुषको शव एक हप्तादेखि मृत अवस्थामा ती महिला बस्ने अपार्टमेन्टको कोठामा फेला परेको हो ।
महिलामाथि शव लुकाएको र पैसाको लागि धोका दिएको आरोपमा लागेको छ । महिलाले ती पुरुषको एटीएम प्रयोग गरेर एक हप्तादेखि पैसा निकाल्दै आएको जनाइएको छ ।
प्रतिक्रिया