एल्थेटिको मड्रिडका स्टार स्ट्राइकर ग्रीजम्यानले क्लब छाड्ने घोषणा, कुनमा जाँदै ?

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार १२:१०


काठमाडौं, जेठ १ ।
चर्चित क्लब स्पेनिस क्लब एथ्लेटिको मड्रिडका एक स्टार स्ट्राइकर एन्टोनी ग्रीजम्यानले आफू आबद्ध क्लब छाड्ने घोषणा गरेका छन् । २८ वर्षीय ग्रीजम्यानले ट्वीटरमा एउटा भिडियो पोष्ट गर्दै आफूले यहीँ समर ट्रान्सफरमा क्लब छाड्ने बताएका हुन् ।

‘पाँच वर्षको अवधि निकै रमाइलो रह्यो । धन्यवाद सबैलाई ।’ उनले भिडियोमा भनेका छन्, ‘मेरा समर्थकहरू जसले मलाई धेरै माया दिनु भएको छ, म यो भन्न चाहन्छु कि मैले क्लब छाड्ने निर्णय लिएको छु, केही अन्य कुरा हेर्न र थप चुनौतीको सामना गर्न ।’

यसको मतलब उनी अब नयाँ सिजनको सुरुवातसँगै नयाँ क्लबमा देखिने लगभग निश्चित भइसकेको छ । गत वर्ष फ्रान्सका लागि विश्वकप जिताएका स्टार ग्रीजम्यानले गत जुन महिनामा मात्र एथ्लेटिकोबाट पाँच वर्षका लागि नयाँ सम्झौता गरेका थिए ।

यद्यपि उनको घोषणासँगै आगामी शनिबार ला लिगामा लिभान्टेविरुद्ध हुने खेल ग्रीजम्यानको अन्तिम खेल हुने भएको छ ।

यता, बार्सिलोनाले ग्रीजम्यानलाई एक सय २० मिलियन यूरोमा किन्न तयार भएको बीबीसी स्पोर्ट्सले उल्लेख गरेको छ । सन् २०१४ मा अर्का स्पेनिक क्लब रियल सोसियाड्याडबाट ग्रीजम्यान एथ्लेटिको मड्रिडमा अनुबन्ध भएका थिए । उनले पाँच वर्षको अवधिमा एथ्लेटिकोबाट दुई सय ५६ खेलमा एक सय ३३ गोल गरिसकेका छन् ।

एथ्लेटिकोबाट ग्रीजम्यानले एक यूरोपा कप, एक स्पेनिस सुपर कप र एक यूईएफए सुपर कपको उपाधि हात पारेका छन् ।

बार्सिलोना ग्रीजम्यानलाई अनुबन्ध गर्न राजी भए तापनि गत वर्ष ग्रीजम्यानले बार्साको अफरलाई अस्वीकार गरेका थिए । बार्सा यसपटक पनि ग्रीजम्यानलाई अनुबन्ध गर्ने तयारी अवस्थामा रहेका छन् ।

विश्लेषकहरूकाअनुसार कोटिन्होले बार्सामा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । बार्साले कोटिन्होलाई हटाएर ग्रीजम्यानलाई अनुबन्ध गर्न सकिने सम्भावना समेत देखिएको छ । ग्रीजम्यान बार्सा आए स्वारेजले समेत बार्सामा आफ्नो अस्तित्वको लागि संघर्ष गर्नुपर्ने हुन्छ । यद्यपि स्वारेजले गत सिनज कोटिन्होभन्दा राम्रो प्रदर्शन गरेको विश्लेषण छ ।

चेल्सीसमेत ग्रीजम्यानको विकल्प हुनसक्ने फुटबल पण्डितहरूले जनाएका छन् । चेल्सीबाट स्टार ह्याजार्ड रियल मड्रिड जाने लगभग पक्का भइसकेको छ । ग्रीजम्यानले ह्याजार्डको स्थान पूर्ति गर्ने समेत बताइएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, चैत ३१ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम.....