रियल मड्रिडका बेलले महत्वपूर्ण खेलहरू गुमानउे खतरा

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार १०:४४


काठमाडौं, बैशाख १३ ।
रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले यो सिजनमा बाँकी भएका महत्वपूर्ण खेलहरू गुमाउने खतरा बढेको छ ।

शरीरको पिँडौलाको चोटका कारण बेलले यो सिजनका बाँकी खेलमा मैदान बाहिर रहने खतरा बढेको हो । स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा आइतबार राति भएको इएल क्लासिकोको ३९ औं मिनेटमा बेल घाइते भएका थिए ।

रियल मड्रिडले चोटका कारण उनी कहिलेसम्म मैदानमा आउँन सक्छन् भन्ने केही बताएको छैन । स्पेनिस पत्रिका एएसले भने बेल तीनदेखि चार हप्तासम्म मैदान बाहिर रहने बताएको छ । रियल मड्रिडले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आउँदो मंगलबार एथ्लेटिको मड्रिडसँग खेल्दै छ ।

आइतबार रातिको इएल क्लासिकोमा ३९ औं मिनेटमा बेल मैदान बाहिर गएका थिए । यो खेलमा रियल ३ विरुद्ध २ गोलले पराजित भयो । रियल र बार्सिलोनाको अहिले ला लिगामा बराबर अंक रहेको छ । यो हप्ता ला लिगामा रियलले दुईवटा महत्वपूर्ण खेल खेल्दै छ । बुधबार राति डिप्रोटिभो डी लाकोरुना तथा शनिबार राति भ्यालेन्सियासँग खेल्ने खेलमा बेल हुने छैनन् ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....