धर्म, संस्कृति र पहिचान यी तीन चीज एकै हुन् ?

– राजबाबु श्रेष्ठ ‘सागर’
महोत्तरी, गौशाला न. पा. १
यो लेख एउटा फेसबुकको सानो सकारात्मक स्टाटसको कारणले तयार भएको हो । तर, केही अक्षरका खेती गर्ने मित्रहरूले स्टाटसको मूलभूत अर्थ नै नबुझी विरोध गरेका थिए । जसमा केही आफूलाई धर्मको आदर्श मान्नेहरूले पनि वाहियात भनेर विरोध गरेका थिए । जुन स्टाटस थियो एक चर्चित अधिवक्ता ”मोहन साशंकर” को ।
के धर्म, संस्कृति र पहिचान यी तीनै चीज एकै हुन् अथवा फरक-फरक पाटा हुन् ? म त्यतातिर विवादको तोप बनेर पड्किन चाहन्न ।
तर, जहाँसम्म लाग्छ मलाई, कता–कता यी तीनै चीज एउटै हो कि भन्ने पो देख्छु म । फरक-फरक धर्म, फरक-फरक संस्कृति र फरक-फरक जातीय पहिचान, भेषभूषा र भाषा ।
साँच्चै भन्ने हो भने, यी फरकै रहेछन् कि क्यारे भन्ने पनि पो लागेर आयो । होइन भने, एउटै देशमा, एउटै राष्ट्रमा विभिन्न धर्म, संस्कृति र पहिचान किन हुनु पर्यो ?
धर्म त सम्पूर्ण राष्ट्रलाई मात्रै नभएर पूरै विश्वलाई नै प्रतिनिधित्व गर्ने पो हुनुपर्ने । जसरी कुरानले गरेको छ । के होइन र ? एउटै धर्म, एउटै जात, एउटै संस्कृति, एउटै भेषभूषा र एउटै भाषा ।
जसमा ईश्वर पुज्ने एउटै तरिका होस् । जातीय विभेद् नहोस् । उच र निच नहोस् । छोरीको अंश सुनिश्चित गरियाेस् । बिधुवाले आफ्नो सहयोगी जीवनसाथीसँग विवाह गर्ने कानूनी ऐन हाेस् । अहिले कानूनी ऐन पाइए पनि बिधुवालाई स्वीकार्ने कोही पुरुष अघि बढ्दैन ।किनकि समाजलाई उठ्न वर्षौं लाग्छ । जबसम्म निदाएका समाजलाई उठाउने चौकिदार नभएसम्म कोही जानेर उठ्नै चाहन्न हाम्रो समाज । यो सर्बबिदितै छ । चाहे देश क्रान्तिका इतिहास होस् चाहे धर्म क्रान्तिका शास्त्रको इतिहास होस्, त्यसमा अध्ययन गर्दा भेटिन्छन् यस्ता घट्नाहरू बग्रेल्तीसँग ।
कहीँ कुकुर पुज्ने र कहीँ कुकुरकै मासु खाने नहोस् । कहीँ गाई पुज्ने र मुत खाने अनि कहीँ गाईकै मासु खाने नहोस् । कहीँ सुङ्गुरलाई हराम भन्ने र कहीँ सुङ्गुर नै खाने नहोस् । कहीँ पतिले सात–सात वटी पत्नी ल्याउँदा हुने तर, जवानी बिधुवाले सेतो र निरस जीवन काट्न बाध्य नहोस् । कहीँ गाईलाई लक्ष्मी माताको रूपमा पुज्ने र भैँसीलाई दूध दिन छाडेपछि मःमःको लागि मासुमा बेच्ने नहोस् । के गाईले दूध दिने र भैँसीले दूधको ठाउँमा पिसाब दिने हो र ? उसलाई घृणा गर्न। आहा ! अनि आची खाने कुकुर नै पुज्ने प्रथा । सुनेर बुझेर पनि लाजमर्दो र हाँसो उठ्दो छ हाम्रा आस्था र विश्वासहरू पनि ।
हामी हिन्दूहरूले मान्छेमा मात्रै होइन विभेद् दूध दिने जनावरहरूमा पनि विभेद् खडा गरेकै छन् ।
के यी सबै ईश्वर र अल्लाहले लागू गरेका हुन् त ? सती प्रथा कुन–कुन राष्ट्रबाट आएको हो ? हामी संसारकै धर्मशास्त्रको अध्ययन गरुन् त ? अनि बिचारुम्त सती जानेजस्तो घिनलाग्दो र जिउँदै जलाएर विभत्स हत्या गरिने जस्ता प्रथा चरम सीमाका पराकाष्ठा नाघेका नियमहरू जसलाई स्वीकार्नु बाध्य हुनुपर्थ्यो एक समयमा बिधुवा महिलाहरू ।
के हामीलाई श्रृष्टि गर्ने ईश्वर र अल्लाहले बनाएका हुन् त यी नियमहरू ? के यत्ति मुर्ख थिए त हामीलाई बनाउने श्रृष्टि कर्ता, जसले सबै चीज ठीक–ठीक प्रणालीबाट श्रृष्टिलाई बनाए । के हामीलाई चलाउने शास्त्र यत्ति गलत तरिकाले लेख्छ त ? के यस्ता प्रश्नहरू किन उम्रिएन हाम्रा आदरर्णीय विद्वानहरूमा ? कि विभिन्न समयकाल र राज्य गर्ने राजाहरूले आफ्नो स्वार्थको लागि बनाएका हुन् यी सबै वाहियात नियमहरू ?
फेरि किन आए र कसरी आए र कहाँबाट आए विश्वमा नै नभएका नियम ? हिन्दूमै लोग्ने मर्दा सती जानुपर्ने घिनलाग्दो प्रथा । के वेदमा छ लेखिएको यस्तो नियम र सास्तीको बारेमा ? आज सती प्रथा हटेको कति नै भए र ? त्यही ८५-९० वर्ष ? यसो बिचार गर्नुस् यी चलन, प्रथा, संस्कृति, धर्म, भेषभूषा र भाषा कस्ले चलाए होला ? के ईश्वर र अल्लाहले ?
मलाई त यहाँहरूलाई प्रश्न गर्न पनि घिन लागेर आउँछ । के विभिन्न जातजाति, धर्म र संस्कृतिको लागि अलग धर्ती, आकाश र पानी बनेको छ र ? अनि के अलग काल र मृत्यु ? के कहीँ देख्नु भो अलग अन्न, पानी, स्वाद, निद्रा र भोकहरू ?
फेरि किन धर्मै पिच्छे, अलग नियम, संस्कृति, रितिरिवाज, जातजाति र भाषा अनि भेषभूषा ? के लाग्दैन हामीलाई कि चलन चल्तीका हामीले स्वीकार्दै आएका यी धर्म, संस्कृति, जातजाति, भाषा र भेषभूषा सबै समय र कालखण्डका राजामहाराजाहरूले फेर्दै आएका र बनाउँदै आएका हुन् भनेर ?
हेर्नुस् त, प्रकृतिका नियमहरू के देखिन्छ उल्टो कहीँ ? कि छ उल्टो हाम्रो भन्दा फरक ? के बोटबिरुवा, रुख र सागसब्जीहरूले माटोमा जरा न गाडेर आकाशमा जरा हालेका छन् ? कि कहीँ देख्नु भो हाम्रा विद्वानहरूले, सूर्य पश्चिमबाट उदाएर पूर्वमा सूर्यास्त भएको ? के कहीँ देख्नु भो पहाड बगेर अनि समुद्र पहाड भएर तटस्थ भएर उभिएको ? कि देख्नु भो आकाशमा उड्ने चराहरू धर्तीभित्र सुरुङ्ग खनेर लुकेका ।
के देख्नु भएन ए अक्षरका खेती गर्ने र अध्ययन गर्ने विद्वानहरू हो ? कसरी आकाशमा कराेडौं ताराहरू मिलेर चम्किएर आनन्द लिईरहेका छन् ? के देख्नु भएन, समुद्रका पानीहरू कसरी एक अर्कामा मिलेर निदाएका छन् ? के देख्नु भएन यहाँहरूले एउटै माटोमा विभिन्न स्वादका फलफूल, तरकारी र अन्नबाली उब्जेका ? के यो प्रकृतिको एउटै नियम छैन र ? र होइन र ?
वास्तवमा, आकाश र पातालको बीच जे जति छन्, सबै एउटै श्रृष्टि कर्ताको नै छन् र उसका एउटै नियम, अर्थ छन् र अस्तित्व पनि र सबैका आ–आफ्नै अर्थ छ श्रृष्टि हुनुको पनि र सबैका जोडी भाले र पोथी । र, सबैका वीर्यबाट नै जन्म भएको छ । र, जसको जन्म भएको छ उसको मृत्यु निश्चित छ । चाहे सूर्य र पृथ्वीको नै किन नहोस् । र, यही सत्य हो पनि ।
यदि हामीले श्रृष्टिलाई नै भगवान मान्ने हो भने, उसको त एउटै नियम रहेछ त फेरि किन हामी र हाम्रोमा अनेकौँ धर्म, संस्कृतिको बारेमा विवादका अंकुसे अल्झाई राख्नु पर्यो कि कसो हो ए विद्वान साथीहरू हो ?
के कहिले सुन्नु भएको छ यहाँहरूले, जब्बुर, तौरात र इञ्जिल धर्म शास्त्र ? तर, जरुर बाइबल सुन्नु भएको होला र पढ्नु पनि भएकै होला । र, त्यस्तै अरू पनि कुरानको बारेमा तर पढ्नु भएको छैन होला । किनभने कुरान मुसलमानले पढ्ने शास्त्र हो । कहाँ हिन्दूले पढ्नै हुँदैन, पाप लाग्छ । जसले वेदको कुरा गर्छ उसैले पढेका हुँदैनन् ती वेदहरू ।
हामी धर्म, संस्कृति र पहिचानको लागि झगडा गर्छौं र मर्छौं र मार्छौं त्यसका लागि । तर, सबैभन्दा ठूलो हामी एउटा कुरा भुल्छौँ कि हामी धर्म, संस्कृति र जातजातिभन्दा सबैभन्दा पहिले हामी संसारकै एक मानव हौँ भन्ने कुरा । हामी सनातनका कुरा गर्छौं । पढ्नु होला जब्बुर, तौरात, इञ्जिल र कुरान अनि वेद छर्लङ्गै थाहा हुनेछ सनातन धर्म कुन हो र के हो भनेर ।
एकै टेबुलमा खापमाथि खाप राखिएका वेद, पुराण, जब्बुर, तौरात, इञ्जिल, बाइबल र कुरान मिलेर बस्छ । कहिँल्यै उनीहरू एकापसमा लड्दैनन् । तर, जसले ती कुनै एक पनि पढेका हुँदैनन् । तिनीहरू धर्मको बारेमा काटमार गरिरहन्छन् । जसलाई धर्म के हो धर्मको ध पनि थाहा छैन ।
जब–जब धर्म र संस्कृतिको कुरा आउँछ । हामी विवादमा पर्ने गर्छौं र व्यर्थको झगडा गर्छौ र काट्ने र मार्नेको कुरा गर्छौ । गाई पुज्ने र गाई काट्नेलाई विरोध गर्छौं ।
यो कुरा सही हो, गाईको मुत पिउनेभन्दा गाईको मासु खानेहरू कयौँ गुणा विद्वान र कर्मठ धर्मी हुन् । जसको धर्ममा एउटै नियम छ र प्रकृतिबासीलाई नै च्यालेञ्ज छ एउटै नियमको पालना गर्नु र एउटै ईश्वर/अल्लाहालाई पूजा इबादत गर्नु भन्ने । जसको शास्त्रमा कहीँ अन्याय नै छैन ।
यो कुरा एकदमै सही हो । कुकुर पुज्नेभन्दा कुकुरको मासु खाने देशका देशबासीहरू धेरै नै विद्वान र देश विकास गरेका छन् । कुरा त सही हो त । उनीहरू आची खाने कुकुरलाई पुज्दैनन्। बरु कुकुरकै मासु खान्छन् । त्यो त मेरो दृष्टिकोणमा कयौँ गुणा श्रेस्कर काम ठान्छु म त ।
आची खाने कुकुरलाई पुज्नुभन्दा त के कुकुरकै मासु खानु राम्रो होइन र । के–को यसमा विवाद । गाईलाई पुज्नु र गाईको मुत पिउनुभन्दा त गाईकै मासु खानु के असल होइन र ? हामीलाई पो ठीक न होला किनकि हामी धर्म र संस्कृतिको साङ्लोले बाँधिएका छौँ । तर, जुन देशको शास्त्रमा नै गाई खाँदा हुन्छ भनेर लेखिएको छ र जुन देशको शासकले नै एउटै अल्लाहलाई नै पुज भनेर आदेश गरिएको छ । फेरि हामीलाई के–को आइतबार हँ ?
मात्रै हामीले हामीलाई तौलेर, नापेर र जोखेर हेरम्न को कत्तिको पानीमा छ अथवा उचाईमा छ । के–को आफ्नो आङ्मा भैँसी हिँडेको पनि न देख्ने अरूको आङ्मा जुम्रा हिँडेको देख्ने भनेको यही हो ।
हामी गाई खाने र पुज्ने झगडाको बारेमा साथ दिन्छौँ तर, कहिल्यै उनीहरू पो बा सही हुन् कि हामीभन्दा भनेर बुझ्ने र पढ्ने कोशिस भने कहिँल्यै गर्दैनौँ ।
हामी गाई खाने र गाईको मुत पिउने र पूजा गर्नेबारेमा र कुकुर खाने र कुकुरलाई पुज्नेको बारेमा झगडी रहन्छौँ सधैँ । के कहिले सुन्नु भाछ यहाँहरूले कुनै ठाउँमा आफ्नै मरेको बाउको मुटु खाने चलन छ भनेर ?
हो, छ । श्रीलंका र भारतको बोर्डर भएको अन्नबार एण्ड निकोबार भन्ने प्रान्तको जङ्गली जातिहरूमा बाउ मरेपछि जेठो छोराले छाती चिरेर मुटु नखाएसम्म त्यो लास दाहसंस्कारको लागि उपर्युक्त मानिँदैन । अब भन्नुस् यहाँहरू के त्यो ठीक हो ? विश्वको नै कुनै पनि धर्मानुसार त्यो ठीक हुँदै होइन भनेर भन्नुहुन्छ यहाँहरू नै । तर, उनीहरूलाई त्यो ठीक छ । त्यो उनीहरूको सनातन हो । त्यो उनीहरूको धर्म र संस्कृति हो । अब हामीले विरोध गरेर भो त, भएन ।
उनीहरूलाई हामीले तिमीहरूले यो गरेको रीतिरिवाजहरू सबै गलत छ । आऊ तिमीहरू हामीतिर फर्क र परिवर्तन हौँ भनेर सम्झाउनु भनेको हामीजस्तो मुर्ख अरू कोही होला त ?
हो, ठीक त्यस्तै भइरहेछ अहिले हामी हिन्दूलाई पनि । हामीलाई कसैले सम्झाउन खोज्यो अथवा हाम्रो भन्दा असल धर्म र संस्कृतिको बारेमा बुझाउन खोज्यो भने त्योजस्तो दुश्मन अरू कोही हुँदै हुँदैन । किनकि हामी आफ्नो संस्कृति र धर्मलाई सनातन धर्म मानेर बसेका छौँ र सबैभन्दा राम्रो हाम्रै धर्म र संस्कृति छ भनेर बुझेका छौँ र यही बुझाइएका छन् हामीलाई ।
हामी हिन्दूमध्ये नै कोही अलि फरक सोँच र विचार लिएर जन्मियो र हामीलाई हामीले गरेका धर्म, संस्कृति सबै गलत रहेछ भनेर सिकायो भने उसैलाई नै विरोध गर्छौ र सके मार्ने कोशिस पनि गर्छौं ।
हामी कहिँल्यै अँध्यारो मुर्खतको कुँवाबाट निस्किएर बाहिरको दुनियाँ बुझ्न र पढ्नै चाहेनौँ । के सत्य होइन र ? र यही सत्य हो पनि ।
पढ्नु, लेख्नु र शिक्षित भएर विद्वान हुनु एक फरक पाटो हो तर, थप खोज र अनुसन्धान गरेर समझदार हुनु भनेको अर्कै पाटो हो । जहाँ विरोध छ त्यहाँ बुझ्ने र खोज्ने गर्नुहोस् जरुर केही न केही भेटिन्छ । जुन गलत छ त्यसलाई तपाईंबाटै डिलेट गर्नुहोस् र विरोध गर्नुहोस् ।सुरुवात सबैभन्दा पहिले आफैँबाट सुरु गर्नुहोस् । यही नै हो परिवर्तन युग भनेको । अब मलाई सोध्नु होला यहाँहरूले, के तपाईंले गर्नु भो भनेर ? मैले गरेको छु र यी कुराहरूको अध्ययन पनि गरेको छु ।
तपाईंलाई ठीक लागेको चीज तपाईंकै आफ्नै छोराछोरी, श्रीमती अथवा समाजलाई ठीक न लागेको हुन सक्छ । जे समाजलाई र देशलाई ठीक लाग्छ त्यो तपाईंलाई ठीक नलागेको पनि हुन सक्छ ।
अब यी चीजहरू बुझ्नु भनेको, आगो र पानीसँग कहिँल्यै खेल्नु हुन्न तर त्यसको सही सदुपयोग सही ढङ्गले गर्नु भनेको विज्ञानिक युग हो र यही नै विज्ञानिक प्रयोग हो भन्छु म त ।
गाई र कुकुर खानुमा कुनै गलत देख्दिन म त । तर गाई र कुकुरलाई वर्षको एकचोटी कल्पनाका आधारमा लेखिएका कथाको आधारमा पुज्नु भनेको सरासर गलत देख्छु म त । अझ नबोल्ने मूर्ति पुज्नु त झनै गलत देख्छु म त ।
ज–जसले मूर्तिको विरोध गरेर र एउटै ईश्वर पुज्न सिकाउने उनै जेसस्, मोसेज, याकुब, आदम, युसुफ, इब्राहिम, नूह, इस्माइल यी सबै रसुललाई भगवान मान्ने संसार कस्तो हुनु ? भो कुरै नगरुम् ।
जुन महादेव आफ्नै श्रीमती बचाउन सक्दैन । उसैसँग आफ्ना दुःख हरणको एक महारथी मान्ने यो हाम्रो देशको कुरै न गरुम् भो । जुन गणेशले आफ्नै शीर काटिनबाट बचाउन सकेन त्यहीँ देशमा, श्री गणेशाय नम: को मन्त्रको जप हुन्छ । त्यो देशको देशबासी र देशको कस्तो हालत होस् । भो कुरै नगरुम् ।
प्रतिक्रिया