गीतकार अमरको शब्दमा ‘थाहै नपाई तिम्रो त्यो रूप’ भिडियो गीत सार्वजनिक

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार १२:१०


काठमाडौं, श्रावण १३ ।
प्रेम जिन्दगी, प्रेम संसार, प्रेम भए मान्छेले के गर्न सक्दैन र ? सुन्दर घरको निर्माण प्रेमबाटै हुन्छ । मान्छे मान्छेमा प्रेम यदि हुन्न भने झगडा अनि कलह मात्रै हुन्छ । संसार आखिर प्रेमबाटै चलेको छ र युगौँ चलि रहने छ ।

प्रेमकै कुरा गर्नु पर्दा गायिका रिता के.सी.को सुमधुर स्वरमा माया प्रेमले भरिएको “थाहै नपाई तिम्रो त्यो रूप” बोल रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । द पिक स्टुडियोमा रेकडिस्ट समीर कार्कीबाट गीत रेकर्डिङ्ग गरिएको र राम कार्कीको संगीत र एरेञ्जर रहेको उक्त गीत कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको गीत मोशन नेपाल टि.भी.बाट सार्वजनिक गरिएको हो ।

रोशन कुमारको निर्देशनमा दिप गुरुङबाट इडिटिङ्ग गरेको सो भिडियोलाई सुदिप पंगेनीबाट छायाङ्कन गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित एक कोइला खानीमा दुर्घटना हुँदा.....