आठ वर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन गराउन जोड

प्रकाशित मिति: ८ माघ २०७३, शनिबार १५:०७


काठमाडौं, माघ ८ ।
नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आज आयोजित ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा सम्वाद कार्यक्रममा विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिँदै आफूहरू निर्वाचनका लागि तयार रहेको बताएका छन् ।

आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकायसमेत तयार रहेको बताएका छन् ।
त्रिविका खेलकुद तथा विद्यार्थी कल्याण शाखाका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले स्ववियु निर्वाचन गर्न त्रिवि तयार रहेको भन्दै निर्वाचनको आवश्यक तयारीका लागि जुटिसकेको बताउँदै उनले त्रिवि स्ववियु निर्वाचनसम्बन्धी नियम विनियम, निर्देशिका र आचार संहिता बनाउने काममा जुटिरहेको बताए ।

कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले त्रिवि स्ववियु निर्वाचन गर्न सदैव तयार रहेकोले विद्यार्थी नेतृत्व तयार देखिनुपर्ने बताउँदै उनले भने, ‘हिजो पनि त्रिवि स्ववियु निर्वाचन गर्न तयार थियो । आज पनि छ ।’

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले आगामी स्ववियु निर्वाचनका लागि आफ्नो सङ्गठनले पनि तयारी थालेको बताउँदै उनले आफ्नो सङ्गठनले निर्वाचनका मापदण्डका बारेमा केही विमति राखे पनि चुनावमा जाने स्पष्ट पारे । ‘२८ वर्षको उमेर हदबन्दीका कारणले चुनाव रोकिँदैन’ उनले भने, ‘हामी चुनावभन्दा बाहिर जान सक्दैनौ । स्ववियुको अस्तित्वका लागि चुनावमा सहभागी हुन्छौँ ।’

अनेरास्ववियुका अध्यक्ष नबिना लामाले आफ्नो सङ्गठनको जित र हारको मतलब नै नगरीकन निर्वाचन गराउनु एक मात्र एजेण्डा रहेको बताइन् । उनले सबै सङ्गठन चुनावको पक्षमा देखिएकाले चुनावलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ ध्यान दिइनुपर्ने बताइन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....