अनिवार्य रूपमा सेटअप बक्स जडान गर्नुपर्ने, नगरेको खण्डमा पिक्चर क्वालिटी कमजोर हुने

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार १२:३४


काठमाडौं, बैशाख १५ ।
केबल टीभी आजबाट डिजिटलमा परिणत भएका छन् । मुलुकका महानगरपालिका र केही उपमहानगरपालिकाभित्र सञ्चालित केबल टेलिभिजनहरू शुक्रबारदेखि डिजिटल प्रविधिमा रूपान्तरण भएका हुन् । आजबाट डिजिटलमा सेवा दिन नसक्ने टेलिभिजन स्थानीय च्यानलको रूपमा परिणत हुने सूचना तथा सञ्चार मन्त्रालयले जनाएका छ । सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालको अनुसार कुनै पनि टीभी बन्द हुँदैन, पिक्चर क्वालिटीमा मात्रै सुधार आउने हो । तसर्थ, सरकारी निकायले केबल अपरेटर्सलाई अनिवार्य रूपमा शुक्रबारबाट डिजिटलमा सेवा दिन बाध्य बनाएको छ ।

यसका लागि उपभोक्ताले हरेक टीभीमा २ देखि ३ हजारसम्म खर्च गरेर सेटअप बक्स राख्नुपर्नेछ । सेटअप बक्स नराखेका ग्राहकको घरमा पनि टीभी भने आइरहन्छ, मात्रै पिक्चर क्वालिटी कमजोर हुने ढकालको भनाइ छ । देशमा डिजिटलाइजेसन नहुँदा आधिकारिक तथ्यांक आउन गाह्रो भएकाले आधिकारिक तथ्यांक नहुँदा सरकारले झन्डै ६० लाख ग्राहकको राजस्व गुमाउनु परेको छ । सकारी तथ्यांकअनुसार अहिले २५ लाख मात्रै रेकर्ड रहेको उनले जानकारी दिएका छन् ।

अहिले सरकारी आँकडाअनुसार ४० लाख ग्राहक डिजिटलको सीमाबाहिर छन् । राष्ट्रिय प्रसारण ऐन २०४९ बमोजिम राष्ट्रिय प्रसारण नियमावली ०५२ निर्माण गरी लागू भएपछि सूचना तथा सञ्चार मन्त्रालयबाट ०५३ देखि केबल सञ्चालनका लागि इजाजत दिने प्रक्रिया सुरु गरेको थियो । राष्ट्रिय प्रसारण ऐन, २०४९ र राष्ट्रिय प्रसारण नियमावली, २०५२ प्रचलनमा छन् । डिजिटल टेलिभिजनमा गइसकेपछि गुणस्तरीय सेवा हुन्छ ।

सरकारले एमएसओको अनुमतिपत्रका लागि १ करोड रुपैयाँ शुल्क तोकेको छ । डिजिटलमा रुपान्तरण भएपछि एक फ्रिक्वेन्सीबराबर १४ वटा च्यानल प्रसारण गर्न सकिनेछ । एनालग प्रविधिमा एक फ्रिक्वेन्सी बराबार एक च्यानल नै प्रसारण गर्न सकिन्छ । ग्राहकले अनिवार्य रूपमा ‘सेटटप’ बक्स राख्नुपर्ने हुन्छ ।


प्रतिक्रिया


ताजा खबर

More

देउतीबज्यै मन्दिरकी पुजारी घाँटीमा पासाे लगाएकाे अवस्थामा मृत फेला

काठमाडाैं, कार्तिक २८ । सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला अवस्थामा फेला परेकी.....