नेशनल लाईफद्वारा “इम्प्लोइ स्किल इनह्यान्समेण्ट वर्कशप” भव्य रूपमा सम्पन्न
काठमाडौं, कार्तिक २७ ।
“एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने “इम्प्लोइ स्किल इनह्यान्समेण्ट वर्कशप” भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भव्य रूपमा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वशुलभ रूपमा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलनको आयोजना गरिएको थियो ।
विभागीय प्रमुख तथा देशभरीबाट प्रशासनिक कर्मचारीहरू गरी २ सय ५० जनाभन्दा बढीको सहभागिता रहेको उक्त सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीहरू कम्पनीको ब्राण्ड एम्बेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पुर्याउन आ-आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिएकी छन् । उनले देशभरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरू अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापामगर केन्द्रीय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जनलाई सम्मान तथा पुरस्कृतसमेत गरिएको थियो ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिबद्धत्ता व्यक्त गरे ।
यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उप-निर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण प्रदान दिँदै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यसतर्फ सचेत रहन आग्रह गरे । विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिहरूलाई चिन्न सकिने भएकोले उनीहरूको वित्तीय क्रियाकलापलाई सूक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता क्रियाकलाप रोक्न टेवा मिल्ने भएकोले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु हामी सबैको दायित्व भएको बताए ।
कार्यक्रममा सहभागी कर्मचारीहरूलाई प्रशिक्षक अरनिको सिंहले आफूलाई सुम्पिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न समस्याहरूको पहिचान हुने गरी खाका तयार गरेमा जुनसुकै समस्याको समाधान गर्न सहजीकरण हुने र सेवाग्राहीहरूले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कर्मचारीहरूको दक्षता जाँच गर्नका लागि सहभागी प्रशासनिक कर्मचारीहरूको परीक्षा सञ्चालन गरिएको थियो भने सो परिक्षाबाट प्रथम द्वितीय र तृतीय हुन सफल क्रमशः बुटवल शाखाबाट प्रविण कुमार शर्मा, काठमाडौं शाखाबाट चक्र प्रसाद जोशी र केन्द्रीय कार्यालयबाट दिपक मरासिनीलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कारसहित सम्मान गरेका थिए ।
यसैगरी, सो सम्मेलनमा पुरुषतर्फ फुटसल र महिलातर्फ म्यूजिकल चेयर जस्ता विविध खेलहरू पनि आयोजना गरिएको थियो । जसअन्तर्गत फुटसलतर्फ प्रथम द्वितीय तृतीय हुने क्रमश कोशी प्रदेश, केन्द्रीय कार्यालय र वागमती प्रदेश तथा म्यूजिकल चेयरतर्फ प्रथम, द्वितीय तृतीय हुने क्रमशः पवित्रा लुङ्गेली सिन्धुली, सबिना भट्टराई कीर्तिपुर र अप्सरा खत्री गाईघाटलाई पनि प्रमुुख कार्यकारी अधिकृतले कप तथा मेडल प्रदान गरेका थिए ।
प्रतिक्रिया