नबिल बैंक दक्षिण एशियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलवार १९:३२


काठमाडौं, कार्तिक २७ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडलाई दक्षिण एशियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित एक विशेष सभामा नबिल बैंकलाई मेरिट अवार्डबाट पुरस्कृत गरिएको हो ।

दक्षिण एशियाका निजी क्षेत्र बैंकिङ्गतर्फ आर्थिक वर्ष सन् २०२२/०२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ ।

साफाले हरेक वर्ष दक्षिण एशियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ । साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।

नबिल बैंक नेपालको एक अग्रणी बैंकमध्ये एक हो । नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरीको २ सय ६८ वटा शाखा र ३ सय २० वटा एटीएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आइरहे को छ । नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोशेढुङ्गाको रूपमा काम गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अमेरिका पठाइदिने प्रलाेभनमा पारेर ठगी अभियाेगमा फिल्मकर्मी ऋचा घिमिरे र उनका पतिविरुद्ध प्रहरीमा उजुरी

काठमाडाैं, कार्तिक २८ । फिल्म ‘तेल भिसा’को प्रदर्शनको तयारीमा रहेका फिल्मकर्मी जोडी ऋचा.....