भारतस्थित उडिसामा रेल दुर्घटना हुँदा तेईसको मृत्यु, सयौँ घाइते

प्रकाशित मिति: ९ माघ २०७३, आईतवार ०८:१३


एजेन्सी, माघ ९ ।
भारतस्थित उडिसामा रेल दुर्घटना हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ भने सयौँको संख्यामा यात्रुहरू घाइते भएका छन् ।

उडिसाको रायगढमा हिराखण्ड एक्सप्रेसको आठ वटा डब्बा लिक बाहिर जाँदा उक्त दुर्घटना भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनामा परी घाइते हुनेहरूलाई रायगढ क्षेत्रका विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ । रेल दुर्घटनाका कारण अरू रेल सेवासमेत अवरुद्ध हुन पुगेको छ ।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृत हुनेहरूको संख्या अझै बढ्न सक्ने जनाइएको छ । हिराखण्ड एक्सप्रेस जगदलपुरबाट भुवनेश्वर तर्फ जाँदै गरेको थियो । दुर्घटना भएको स्थान माओवादी प्रभावित क्षेत्रको रूपमा प्रख्यात रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....