जेठमा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

काठमाडौं, बैशाख १७ ।
जेठ पहिलो साता काठमडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । शाखा डोजो सामाखुशीको आयोजनामा ४ देखि ६ जेठसम्म तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७४ आयोजना हुन लागेको हो ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र भुटानका खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक राजेन्द्र ओझाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपालबाट ३००, भारतबाट २००, बंगलादेशबाट ७, श्रीलंकाबाट १२, पाकिस्थानबाट ५ र भुटानबाट १० सहभागि हुनेछन् । सो प्रतियोगितामा पाँच सय २७ जना खेलाडीहरू सहभागी हुने अनुमान गरिएको छ । अफिसियल करातेतर्फ २२ इभेन्ट र कातातर्फ ४ इभेन्ट हुनेछ । कुल २६ सुवर्णका लागि खेलाडीहरूले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । विजेता खेलाडीहरूलाई पदक र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता लैनचैरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको अनुमानीत लागत १५,०९,५०० रुपैया रहेको छ ।
प्रतिक्रिया