अधिकांश नेवार समुदायले आज भाईटीका गरी मनाइँदै, आज सार्वजनिक बिदा

प्रकाशित मिति: १३ कार्तिक २०७६, बुधबार ०८:४२


काठमाडाैं, कार्तिक १३ ।
देशभरका अधिकांश नेवार समुदायले आज किजा पूजा अर्थात भाईटीका गरी मनाइँदै छ । तिथिमा घटबढका कारण विवाद भएपछि यो पटक एक दिन ढिलो गरी किजा पूजा हुन लागेको हो । म्ह पूजा गरेको भोलिपल्ट किजा पूजा गर्ने प्रचलन छ ।

ललितपुरका अधिकांश नेवार समुदायले मंगलबार नै किजा पूजा गरी मनाइसकेका छन् भने आज काठमाडाैं र भक्तपुरका अधिकांश नेवार समुदायले किजा पूजा गरी मनाइँदै छ ।

यसपटक तिथि विवादका कारण भक्तपुर र ललितपुरका अधिकांश स्थानमा सोमबार नै म्ह पूजा गरिएको थियो । उनीहरूले मंगलबार नै किजा पूजा गरेका छन् । काठमाडौंको धेरैजसो क्षेत्रमा भने मंगलबार मात्र म्ह पूजा गरिएको हो । मंगलबार म्ह पूजा गरेकाहरूले आज किजा पूजा गर्दै छन् ।

नेपाल सरकारले किजा पूजाको अवसरमा आज पनि सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरूको भाई टीका तिथिअनुसार कार्तिक १३ गते पर्ने भएकाले बिदा माग गर्दै नेवार समुदायले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापन पत्रसमेत बुझाएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....