वरिष्ठ पत्रकार रिसालको निधन, शरीर पाटन अस्पताललाई दान दिने निर्णय

प्रकाशित मिति: २३ चैत्र २०८१, आईतवार २२:१३


काठमाडाैं, चैत २४ ।
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार बेलुकी निधन भएको हो । वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे उनको निधन भएको हो ।

पत्रकार रिसालले मृत्युपश्चात् आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए । सोहीअनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको उनका भाई पुरु रिसालले बताएका छन् । भाई पुरु रिसालकाअनुसार भैरव रिसालको कुनै पनि अन्त्येष्टिका कार्यक्रम हुने छैन । वरिष्ठ पत्रकार रिसाल वि.सं. १९८५ सालमा जन्मिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....