काठमाडौंको सिनामंगलबाट ११ लाख बढीको धनमाल चोरी

काठमाडौं, चैत २५ ।
काठमाडौं महानगरपालिकाको सिनामंगलबाट रु. ११ लाखभन्दा बढीको धनमाल चोरी भएको छ । आइतबार राति काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित टिम्बर ग्रुप अफ इण्डष्ट्रीको कार्यालयबाट ११ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीकोअनुसार सो इण्डष्ट्रीबाट ल्यापटप ३ थान, मोबाइल ३ थान, नगद ४ लाख ६० हजार रुपैयाँ र अन्य सरसामानसमेत गरी करिब ११ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया