उपचारका क्रममा ६ वर्षीय बालकको मृत्यु भएपछि स्थानीय आन्दोलित, डाक्टर फरार

प्रकाशित मिति: २३ चैत्र २०८१, आईतवार २०:४६


काठमाडाैं, चैत २४ ।
गौशालास्थित ए एण्ड बी हस्पिटलमा बालकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयहरू आन्दोलनमा उत्रिएका छन् ।

जिल्लाको औरही नगरपालिका-२ फुलवरियाका ६ वर्षीय बालक मोहम्मद रजा शेखको सोही हस्पिटलमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित समूहले तोडफोड गर्दै हस्पिटल घेराउ गरेका थिए । आज आइतबार साँझदेखि हस्पिटलमा स्थानीयबासीले आन्दोलन गरेका हुन् ।

गौशाला नगरपालिका-५ स्थित आफन्तको घरमा इद मनाउनका लागि आएको बालक आइतबार बिहान खेल्ने क्रममा लडेर घाइते भएको थिए । घाइते बालकलाई तत्काल उपचारका लागि सोही हस्पिटलमा भर्ना गरेको थियो ।

अन्तिम समयसम्म पनि बालकलाई उपचारको बहानामा चिकित्सकले बालकलाई रेफर नगरेकै कारण हस्पिटलमा बालकको अकालमै ज्यान गुमाएको परिवारले आरोप लगाएका छन् ।

सयौंको संख्यामा आन्दोलित स्थानीयहरू सञ्चालक डा. बिमल महतोमाथि कुटपिटको समेत प्रयास गरेको थियो । त्यसपछि डा. महतो फरार छन् ।

आन्दोलन क्षेत्रमा समयमै प्रहरी परिचालन गरेपछि तत्कालै भिड साम्य भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र शवको पोस्ट मार्टमका लागि प्रक्रिया सुरु गरिएको प्रहरी निरीक्षक उतमसिंह भण्डारीले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका दाई राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....