कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार ०८:५३


एजेन्सी, चैत २५ ।
कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले करिब ३० जनाको ज्यान गएको छ । साथै मध्य अफ्रिकी महानगरमा समेत विनाश मच्चाएको एक अधिकारीले आइतबार बताएका छन् ।

“धेरै घाइतेहरू छन्, उनीहरूलाई बाहिर निकालिएको छ र अहिलेसम्म शनिबारको मुसलधारे वर्षाबाट मृत्यु हुनेहरूको संख्या ३० को हाराहारीमा छ”, किन्सासाका प्रान्तीय सार्वजनिक स्वास्थ्यमन्त्री प्याट्रिसियन गोङ्गो अबाकाजीले भने ।

चिकित्सककाअनुसार पीडितहरू या त डुबेका थिए वा आफ्नो घरको भित्ताहरू भत्किँदा मारिएका थिए । शुक्रबार रातिदेखि शनिबारसम्म परेको वर्षापछि, पानीको सतह बढ्दा करिब एक करोड ७० लाख जनसंख्या भएको महानगरको धेरै बाहिरी र गरिब उपनगरहरूलाई ध्वस्त बनाएको छ ।

त्यस्तै, बढ्दो वर्षाका कारण राष्ट्रिय सडकमध्ये एकमा यातायात बन्द भयो । यो सडक किन्सासाको मुख्य सडक मार्ग हो । यो सडक मार्ग हुँदै केन्द्रबाट विमानस्थलसम्म तथा साथै धेरै छिमेकी जिल्लामा पुग्न सकिन्छ । बाढीले प्रायः किन्सासालाई प्रभावित गर्दछ । किन्सासा नाइलपछि अफ्रिकाको दोश्राे सबैभन्दा ठूलो कंगो नदीको किनारमा अवस्थित रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका दाई राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....