मेलिना राईको तिमीसँगै गीत सार्वजनिक (भिडियाेसहित)

प्रकाशित मिति: १२ मंसिर २०७६, बिहीबार १५:१३


काठमाडाैं, मंसिर १२ ।
भगवानको सुन्दर श्रृजना मान्छे भनिन्छ, अनि त्यसपछि जगतमा जे छ त्यो सबै मान्छेहरूलाई सुहाउँदो भगवानले नै श्रृजना गरेको हामीले जानेका छौँ । यसैले त मान्छेहरू भगवानलाई पुज्ने गर्छन् दु:खमा होस् या सुखमा । प्रेम बिना संसार चल्दैन मिलन र बिछोडको खेल चलिरहन्छ अनि नयाँ श्रृजना हुनेछ । भन्नुपर्दा अहिले भर्खरै एउटा नयाँ गीत सार्वजनिक भएको छ । जुन गीतको रचनाकार नेपाली भाषा साहित्य र कला क्षेत्रमा विगत तीन दशकभन्दा लामो समय बिताउनु भएका साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन ”अमर”को रचनामा गीति एल्बम ”अमर-२” मा रहेको, संगीतकार राम कार्कीको संगीत र एरेञ्जमा र देश–विदेश हरेक ठाउँमा सबैको मन मुटुमा बस्न सफल गायिका मेलिना राईको सुमधुर स्वरमा ।

”तिमीसँगै जीवन बिताउने मन थियो
एक्लै छोडी त्यो मन आज टाढा भै दियो”

बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । ओएस नेपालको प्रस्तुतिमा रहेको उक्त “अमर-२” एल्बमभित्र रहेको छ वटा गीत मध्येको एक हो । ईश्वर फुँयाल, श्रृष्टि आचार्य र साया लामा आदिको अभिनयमा प्रोडुसर कृष्ण भट्टराई र राजकुमार लामाबाट गरेको उक्त गीत कृपा टि भी को यूट्युब च्यानलमा रहेको छ ।

https://www.youtube.com/watch?feature=youtu.be&v=985_9cdBlOE&app=desktop


प्रतिक्रिया

ताजा खबर

More

प्रहरीद्वारा लागू औषध काराेबारी समात्न दुई राउण्ड गाेली फायर

काठमाडाैं, जेठ ३ । सुनसरीमा प्रहरीले एक लागू औषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।.....