नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार १४:१८


काठमाडौं, मंसिर १८ ।
१७ औँ हस्तकला ट्रेड फेयर तथा १५ औँ क्राफ्ट प्रतियोगिताको अवसरमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेड र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यबीच उक्त सम्झौता हस्तकला ट्रेड फेयरको उद्घाटन समारोहमा भएको हो । सम्झौतासँगै नबिल बैंकले देशको हस्तकला क्षेत्रके प्रबद्र्धन र संरक्षण्को लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको छ ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “हस्तकला क्षेत्रको संरक्षण र उन्नतीको लागि नबिल बैंक सधैँ तत्पर रहने छ । हस्तकला क्षेत्रको उत्थानका लागि नेपाल हस्तकला महासंघसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौँ । यो सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यावसायहरूलाई लाभ हुने विश्वास हामीले लिएका छौँ ।”

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले भने, “नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५/०७६ घोषणा गर्न पाउँदा हामीलाई निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षोशाहित भएका छौँ ।

नबिल बैंकले ९२ वटा शाखाहरू, एक सय ४२ वटा एटीएमहरूको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेक होल्डरहरू सँगै अघि बढ्ने विश्वास राखेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....