१३ औँ सागकाे आज समापन हुँदै, आज जाेर नम्बर भएका सवारी मात्र गुडाउन पाउने

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलवार ०८:२९


काठमाडाैं, मंसिर २४ ।
१३ औँ दक्षिण एशियाली खेलकुद (साग)को आज हुने समापन समारोहलाई मध्य नजर गर्दै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर–विजोर प्रणाली लागू गरिएको छ ।

आज जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने भएको छ । ट्राफिक व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले जोर नम्बरका मात्र गाडी चलाउन पाउने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको छ ।

ट्राफिकले ठूला मालबाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेशमा पनि रोक लगाएको छ । साथै कमभन्दा कम सवारी साधन निकाल्न पनि अनुरोध गरेको छ ।

यता, १३ औँ साग खेलकुदको भब्य समारोहबीच समापनको तयारी गरिएको छ । यही मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा जारी रहेकाे साग आज साँझ दशरथ रङ्गशालामा विशेष समापन कार्यक्रमको आयोजना गरी सम्पन्न भएको घोषणा गरिनेछ ।

मध्याह्न १२ बजे सांसद्हरूसँग विशेष फुटबल खेल्ने र दिउँसो ३ बजेदेखि पुरुष फुटबलको फाइनल खेल भएपछि विशेष समापन कार्यक्रम गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिएका छन् ।

उनले आजै नै खेलाडीहरूका लागि विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । समारोह समिति सचिव कुलबहादुर थापाले उद्घाटनमा नेपालको कला र संस्कृति समेटेकामा समापनमा भने नेपालको वीरताको गाथा प्रस्तुत गरिने बताए ।

उनले करिब डेढ घण्टा चल्ने समापन समारोहमा सुरक्षा निकायका विभागीय टोलीहरू तथा विद्यालयका गरी पाँच टोलीले विशेष प्रस्तुति दिने बताए । उद्घाटन भव्य भएजस्तै समापन अझ सशक्त हुने दाबी उनकाे थियाे ।


प्रतिक्रिया

ताजा खबर

More

समाजलाई ऊजागर गरी विकृति र विसंगतिविरुद्ध आवाज उठाउन आवश्यक : डा. पुष्पराज राजकर्णिकार (फाेटाेफिचर)

काठमाडाैं, चैत २३ । नेपालभाषा एकेडेमीका भाइस चान्सलर, साहित्य समालाेचक एवं नेपाल राष्ट्र.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....