राष्ट्रपति भण्डारीद्वारा उधाैली पर्वकाे अवसरमा शुभकामना व्यक्त

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार ०९:०८


काठमाडाैं, मंसिर २६ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छन् ।

“नेपाल विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको छ, उधौली जस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई एकापसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नका लागि महत्वपूर्ण योगदान गरेका छन्”, राष्ट्रपति कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले उधौली जस्ता चाडपर्वले सामाजिक एवम् पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलाई सुमधुर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । “प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....