अमेरिकामा भर्खर सात महिना पुगेका एक बालक बने मेयर

एजेन्सी, पुस ५ ।
संसारमा हामीले धेरै अचम्मका कुरा सुनेका छाैँ र देखेका पनि छाैँ यस्तै अचम्म तर, वास्तविक अनि शत् प्रतिशत सत्य पनि । याे अचम्मकाे कुरा हाे अमेरिकाकाे । अमेरिकामा भर्खर मात्र सात महिनामा टेकेका बालक एउटा शहरको मेयर बनेर संसारलाई अचम्मित मात्र पारेन एउटा चुनाैति नै दिने काम भएकाे छ । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्तिसमेत बनेका छन् । अमेरिकाको ह्वाइट हल शहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका हुन् । उनी निर्वाचित मेयर नभएर उनलाई मानार्थ मेयर बनाइएको हो ।
उनले हालै मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा करिब एक सय ५० जना विशिष्ट अतिथीहरूकाे सहभागिता रहेकाे थियाे । ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिने समाचार एजेन्सीहरूले जनाएका छन् । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।
यसपटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो । बोलीसमेत नफुटेका सात महिने बालक मानार्थ मेयरमा चयन भएपछि सपथमा समस्या देखिएको थियो । यद्यपि चार्ली आफ्ना अभिभावकको काखमा बसेर सपथ लिए । सपथमा उनले गर्नुपर्ने प्रतिज्ञा भने उनका आमाबुबाले सपथ पत्र पढेर पूरा गरेका थिए ।
प्रतिक्रिया