शहीद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीसँग हिमालयन पराजित

ललितपुर, पुस ११ ।
जारी रहेकाे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी हासिल गरेकाे छ । ललितपुरकाे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २ विरुद्ध शून्या गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेकाे हो । जितसँगै आर्मीले तीन खेलमा ६ अङ्क जोड्दै लिगको तेश्राे स्थानमा उक्लिएको छ ।
यसअघि, आर्मीले पहिलो खेलमा फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले हराएको थियो भने दोश्राे खेलमा मनाङ मस्र्याङदी क्लबसँग १ विरुद्ध गाेलले पराजित भएको थियो । आर्मीको जितमा कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरेका थिए । खेलको दोश्राे हाफको ६० औँ मिनेटमा हिमालयन शेर्पाका डिफेन्डर आशिष गुरुङ र गोलरक्षक किशोरलाई बिट गर्दै कप्तान भरतले गोल गरेका थिए ।
त्यसैगरी, खेलको ६४ औँ मिनेटमा टेकबहादुरले आर्मीका लागि विजयी गोल गरे । खेलमा आर्मीका भरत खवास म्यान अफ दि म्याच घाेषित भएका छन् । खेलमा पराजित हिमालयन शेर्पाले तीन खेलमा २ अङ्क जोडेको छ । शेर्पा लिगको १० औँ स्थानमा रहेको छ । शेर्पाले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी तथा दोश्राे खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।
प्रतिक्रिया