सत्तारुढ दल र मधेशी मोर्चाको बैठक बस्दै

प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार १०:३३


काठमाडौं, माघ ११ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा मधेशी मोर्चाबीच आज साँझ ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको छ ।

यसअघि पटक–पटक भएका बैठकहरू बिना निष्कर्ष सकिए पनि सरकारलाई छिटो निर्वाचनको मिति घोषणा गर्न चारैतिरबाट दबाब बढिरहेका बेला यो बैठक हुन लागेको बालुवाटार श्रोतले जनाएको छ ।

बैठकमा मधेशी मोर्चाले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गर्न नहुने धारणा राख्ने मोर्चा निकट नेताले बताएका छन् भने कांग्रेसले पनि पहिला संविधान संशोधन गरेर मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....