आज माघे संक्रान्ति, घ्यू, चाकु र तरुल खाएर धूमधामसँग मनाइँदै

प्रकाशित मिति: १ माघ २०७६, बुधबार ०६:०७


काठमाडौं, माघ १ ।
आज माघे संक्रान्ति पर्व मनाइँदैछ । आजको दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको मान्यता छ । यी परिकार खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास पनि छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भन्ने गरिएको हो । चितवनको देवघाट, नुवाकोटको त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ ।

आज थारु बाहुल्य क्षेत्रहरूमा माघीको रौनक छ । मौलिक भेषाभुषालगाएर नाचगान, मिठापरिकार खाएर माघि मनाइन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....