समुदायकाे संयुक्त प्रयासबाट मात्र देशकाे आर्थिक विकास सम्भव : अध्यक्ष दाहाल

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार १५:२२


काठमाडाैं, माघ ११ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सबै समुदायको संयुक्त प्रयासबाट मात्र देशको आर्थिक विकास सम्भव भएकोमा जाेड दिएका छन् ।

तामाङ समुदायको महान् सांस्कृतिक पर्व ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले लामो प्रतिक्षापछि आर्थिक समृद्धिको आधारका रूपमा स्थायी सरकार बनेकाले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायको सहयोगको खाँचो भएकाे औँल्याएका छन् ।

अध्यक्ष दाहालले ल्होछारले सबै समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरे ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....