सूर्यविनायकमा भागवत् सप्ताह तथा शेष शायी नारायण मूर्ति प्राण प्रतिष्ठा

प्रकाशित मिति: १२ माघ २०७६, आईतवार ११:११


भक्तपुर, माघ १२ ।
भक्तपुर सूर्यविनायक गणेश मन्दिरमा श्रीमद् भागवत् सप्ताह तथा वृहत श्री शेष शायी नारायण मूर्ति प्राण प्रतिष्ठान महोसत्व हुने भएको छ ।

सूर्यविनायक गणेश मन्दिर ढोकाको पूर्वपट्टी पोखरीमा श्री शेष शायी नारायण मूर्ति स्थापना भएको र सोही मूर्तिको प्राण प्रतिष्ठा गर्ने र मन्दिरको अक्षय कोष स्थापनाका लागि महायज्ञ हुन लागेको श्री शेष शायी नारायण मूर्ति प्राण प्रतिष्ठा महोत्सव सम्पादन समितिले जनाएको छ ।

माघ १५ गतेदेखि सुरु भई २३ गते समापन हुने महायज्ञमा बालतपश्वी पण्डित उत्तम भट्ट महाराजबाट बाचन हुनेछ ।

आयोजककाअनुसार माघ १५ गते बिहान साढे ९ बजे कलश यात्रा र ११ बजे उद्घाटन हुने महायज्ञमा हरेक दिन बिहान ७ बजेदेखि पाठपारायण सुरु हुने महायज्ञ मूल सम्पादन समितिका संयोजक प्रकाश शर्माले जानकारी दिएका छन् ।

महायज्ञमा प्रत्येक दिन संगीतमय कथा बाचन, शान्ति कलश पुजन, तुलादान, धन–धान्याञ्चल पर्व, जन्मोत्सव पूजा तथा श्री शेष शायी नारायण मूर्ति प्राण प्रतिष्ठान महोसत्व हुने संयोजक शर्माले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....