विज्ञानलाई चुनाैती, २० वर्षीया महिला एक महिनामा दुई पटक सुत्केरी, जन्माए तीन बच्चा

प्रकाशित मिति: २३ माघ २०७६, बिहीबार १२:११


एजेन्सी, माघ २३ ।
प्रकृतिको चमत्कारका अगाडि विज्ञानले पनि कहिले काहीँ फेल खाने गर्छ । यस्तै भएकाे छ बंगलादेशमा । हालै बंगलादेशमा एक जना महिलाले यो कुरालाई पुष्टि गरिदिएकी छन् । ती महिला एक महिनाभित्रैमा तीन पटक आमा बनिन् र तीन वटा बच्चालाई जन्म पनि दिएकी छन् । कुनै पनि महिलाले एक महिनाभित्रैमा दुई पटक सुत्केरी भएर तीन वटा बच्चा जन्माएको घटना विश्वमै पहिलो पटक भएको बताइएको छ ।

ती कीर्तिमानी महिलाको नाम आरिफा सुल्तान हो । उनको उमेर २० वर्षको छ । आरिफाले नर्मल डेलिभरीबाट पहिलो बच्चा जन्माइन् । छोरा जन्माएर अस्पतालबाट घर फर्किएको २६ औँ दिनमा उनको पेट अचानक दुख्न थाल्यो । त्यसपछि उनलाई चेकजाँचका लागि अस्पताल लगियो । जब डाक्टरहरूले उनको पेटको अल्ट्रासोनोग्राफी गरे सबै जना तीन छक्क परे । किनकि, उनको पेटमा थप दुई वटा बच्चा थिए ।

उनको तत्कालै शल्यक्रिया गरी गर्भमा रहेका जुम्ल्याहा बच्चा बाहिर निकालियो । पेटमा तीन वटा बच्चा हुँदाहुँदै पनि डाक्टरहरूले किन सुरुमै पत्ता लगाएनन् ? भन्ने प्रश्न उठ्नु स्वाभाविक पनि हो । डाक्टरहरूकाअनुसार उनको शरीरमा दुई वटा गर्भाशय छन् । पहिलो बच्चा र पछिल्लो पटक जन्मिएका जुम्ल्याहा छुट्टाछुट्टै गर्भाशयमा रहेका थिए । एजेन्सीअनुसार, आरिफा र उनका तीन वटै बच्चा पूर्ण रूपमा स्वस्थ छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....