सताक्षी गोल्डकपमा आज थ्रीस्टार र बेलबारीबीच प्रतिस्पर्धा हुँदै

इलाम फागुन ५ ।
झापाको शिवसताक्षी नगरपालिकामा हिजो देखि सुरु भएको तेस्रो सताक्षी गोल्डकप प्रतियोगिता अन्तर्गत आज ए डिभिजन क्लब थ्रीस्टार र प्रदेश लिग उपविजेता बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुइ टोली झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा दिउसो मैदान उत्रनेछन्। प्रतियोगिताको उद्घाटन खेलमामा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको छ । ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबविरुद्ध मनिष थापाले निर्णायक गोल गरेपछि सतासीधाम स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको हो।
जितसँगै आयोजक सेमिफाइनल प्रवेश गरेको छ । प्र्रतियोगिताका विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन्।
प्रतिक्रिया