दाेलखा भीमसेनकाे मूर्तिबाट पसिना, देशमा संकटकाे शंकासँगै पूजापाठमा जुटे

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहीबार १३:१८


काठमाडाैं, फागुन ८ ।
दाेलखाकाे एक प्रसिद्ध मन्दिर दोलखा भीमसेनको मूर्तिबाट पसिना आएपछि दोलखाबासीहरू देशमा संकट निम्तने भन्दै पूजापाठमा जुटेका छन् । भीमसेनको मूर्तिमा आज बिहान साढे करिब ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएकाे स्थानीयबासीहरूले बताएका छन् ।

मन्दिरमा पसिना आएपछि दर्शनार्थीहरूको ठूलाे भीडसमेत लागेको छ । भीमेश्वरको शिलामा पसिना आउनुलाई अनिष्टको सूचकका रूपमा लिने गरिएको छ ।

शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।

भीमसेनको शिलामा पसिना आएको छ महिनाभित्र देशमा केही न केही ठूला घटनाहरू हुने गरेको जनविश्वाससमेत रही आएकाे छ ।भीमसेनकाे मन्दिरमा पसिना आउँदैमा ठूला घटना पनि घटेका छन् । यसलाई संयोग मान्नेको संख्या पनि छ तर, घटना भने घटेका छन् ।

भीमसेनको शिलामा पहिलो पटक वि.सं. १९९० सालमा पसिना आएको थियो । त्यतिबेला भीमसेनको बायाँतर्फ पसिना आएकाले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको थियो ।

दोश्राे पटक १९९७ सालमा भीमसेनको शिलामा पसिना आउँदा चार जना नेपाली नागरिकलाई झुण्ड्याएर फाँसी दिइएको थियो ।

त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो । २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो । २०१८ सालमा भीमसेनलाई पसिना आउँदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको थियो ।

त्यस्तै २०२८ साल माघ महिनामा भीमसेनलाई पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो । त्यसैगरी २०३५ साल फागुनमा पसिना आउँदा देशमा जनमत सङ्ग्रह भएको थियो । २०४५ साल चैत्रमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो ।

त्यसैगरी, २०५७ साल माघ १ र १५ गते भीमसेनलाई पसिना आएको थियो । पसिना आएको चार महिना नबित्दै दरबार हत्याकाण्ड हुन गएको थियो । त्यसैगरी २०६१ साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भयो । २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको छ महिना पनि बित्न नपाउँदै देशमा महाविनाशकारी भूकम्प गएको थियो ।

यसलाई संयाेग भनाैँ वा वास्तविक अहिले नै यसरी नै भन्न भने कठिन रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....