प्राध्यापक एवं साहित्यकार डिपी भण्डारीकाे ८५ वर्षकाे उमेरमा निधन

काठमाडाैं, चैत्र १ ।
प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण आज निधन भएको छ ।
उपचारमा रहेका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा आज बिहान साढे ११ बजे निधन भएको उनको पारिवारिक श्राेतले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयमा करिब ३८ वर्ष अङ्ग्रेजी विषयमा प्राध्यापन गरेका ८५ वर्षीय भण्डारी नेपाली साहित्य क्षेत्रमा प्रखर र प्रष्ट वक्ताका रूपमा स्थापित थिए । विश्व र नेपाली साहित्यका ज्ञाता एवं बौद्धिक व्यक्तित्वका धनी भण्डारी अङ्ग्रेजी, नेपाली र संस्कृत भाषामा दख्खल राख्थे । उनी निबन्धकार, पत्रपत्रिकामा स्तम्भकार र मिलनसार साहित्यकारका रूपमा चिनिएका थिए ।
उनका मृगस्थली, रोटी, फूललगायत चार निबन्ध सङ्ग्रह प्रकाशित भइसकेका छन् । साहित्य र समसामयिक विषयमा एफ.एम. रेडियोमा उनी प्रबचन दिने गर्दथे । पुर्ख्यौली घर डोटी रहेका साहित्यकार भण्डारी प्रजातान्त्रिक विचारप्रति आस्था राख्थे । उनका दुई छोरा छन् ।
प्रतिक्रिया