तीन दिनसम्म काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा दैनिक आठ घण्टा विद्युत आपूर्ति बन्द

काठमाडाैं, चैत्र ३ ।
काठमाडाैं उपत्यकाका विभिन्न स्थानहरूमा दैनिक आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको पुल्चोक बितरण केन्द्रअन्तर्गतको फर्पिङ्ग फिडरबाट वितरित ११ केभी लाइन अपग्रेड गरिन लागेकोले विद्युत आपूर्ति बन्द हुने भएको हो ।
प्राधिकरणकाअनुसार चैत्र ४, ६ र ८ गते उक्त फिडरबाट हुने विद्युत सेवा बन्द हुने छ । ती दिनमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म चुनिखेल, छम्पि, सल्यानटार, इटाहिटी, कामीडाँडा, टिकाभैरव, देविचौर, बुरुङ्गचुलीलगायत त्यस फिडरबाट सेवा प्रवाह हुने स्थानमा बत्ति नआउने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया