दैलेखमा नाक र मुख नछुट्टिएको बच्चाको जन्म, हात खुट्टा पनि लुलो

दैलेख, बैशाख ४ ।
दैलेखमा एक अनौठो बच्चाको जन्म भएको छ । दैलेखको आठबीस नगरपालिका–७ तीलेपाटामा नाक र मुख नछुट्टिएको एक बच्चा जन्मिएको जनाइएको छ ।
उक्त अनौठो बच्चाको नाक र मुखको बीचमा प्वाल भएकाले राम्रोसँग नछुट्टिएको जनाइएको छ । तीलेपाटा स्वास्थ्य चौकीमा जन्मिएको उक्त बच्चाको हात खुट्टा पनि लुलो रहेको बताइएको छ ।
बच्चाको आँखा पनि राम्रोसँग नखुलेको स्वास्थ्य चौकीले जनाएको छ ।
प्रतिक्रिया