महामारीको समयमा दलहरूले खेल्नुपर्ने भूमिका

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार १८:५३


– उदय शिलाकार
आज संसार नै समस्यामा परेको अवस्था छ । समय–समयमा विश्वमा देखा पर्ने महामारीको अवस्था पुनः एक पटक समस्त मानव जातिकै लागि चुनौतिको रूपमा आइपरेको छ । महामारी विभिन्न समयमा विभिन्न रूपमा देखा पर्ने गरे झैँ यसपटक चाहीँ नोभल कोरोना भाइरसको प्रकोप “कोभिड–१९” को रूपमा विश्वमा महामारी फैलिएको छ । एकै क्षेत्रमा मात्र सीमित नरही समस्त विश्वमै फैलिने यस प्रकारको महामारी (जसलाई अंग्रेजीमा एभलमबmष्अ भनिन्छ) ले विभिन्न समयमा विश्वलाई आक्रान्त पार्ने गरेको छ । विश्वमा आधिकारीक रूपमा तथ्याङ्क राख्न सुरु गरे यता ई.पू. १२०० देखि नै समय–समयमा विभिन्न प्रकारका महामारीले विश्वलाई दुःख दिएको पाइन्छ ।

वर्तमान महामारी “कोरोना”को जीवाणु “कोभिड–१९” चीनको वुहानमा गत वर्षको अन्तिम अर्थात् डिसेम्बर २०१९ मा देखिएको थियो र यसको संक्रमण दर बढी र छिटो भएकोले यत्तिको छोटो अवधि मै सारा विश्वमा आफ्नो दुष्प्रभाव देखाइसकेको छ ।

हुनत यसको मृत्यु दर अन्य महामारीको तुलनामा कमै छ तर, पनि छिटो संक्रमण हुने र रोग लागि सकेपछि तंग्रिन निकै लामो समय लाग्ने भई दैनिक जीवनमा निकै असहज परिस्थिति उत्पन्न हुने भएकोले तथा हालसम्म यसको कुनै खोप तथा औषधी पनि पत्ता नलागिसकेको हुँदा यसबाट बच्नु नै स्वस्थ्य रहने एक मात्र उपाय हो । फेरी यो रोग लागि सकेपछि श्वास–प्रश्वासमा समस्या भई निकै कष्ट भोग्नुपर्ने भएको हुँदा पनि यसबाट बच्न सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

यो भाइरस अन्य जस्तो लामखुट्टे वा यस्तै अन्य परजिवीबाट सरेको हालसम्म पुष्टि भएको छैन । यो रोग सर्ने मुख्य कारण नै रोगीसँगको प्रत्यक्ष संसर्ग वा रोगीको शरीरबाट निस्कने थुक तथा खकार आदिमा रहेका किटाणुसँगको सिधा सम्पर्क नै हो । यसरी बिरामीका शरीरबाट निस्केका अवयबको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कका कारण स्वस्थ्य मानिसको शरीरभित्र प्रवेश गरेमा ती व्यक्ति पनि संक्रमित हुन पुग्दछ । हुनत यी जीवाणु श्वास–प्रश्वास अङ्ग बाहेक अन्य अङ्गमा पुगेमा त्यत्ति प्रभाव देखाउन सक्दैन, तर, श्वास–प्रश्वास अङ्गमा पुगेमा भने यसले आफ्नो दुष्प्रभाव फैलाउन थाल्दछ । कोरोना भाइरस शरीरमा पुग्दैमा तुरुन्तै लक्षण देखि हाल्ने पनि होइन । यसले हाम्रो शरीरमा प्रवेश पाएको २ देखि १० दिनमा मात्र आफ्नो उपस्थिति देखाएर लक्षण देखाउन थाल्दछ । त्यसैले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले अज्ञात तथा शंकास्पद व्यक्तिको संसर्गमा आएका तथा संक्रमित व्यक्तिहरू रहेको स्थानमा भ्रमण गरेर आएका व्यक्तिहरूलाई कम्तिमा २ हप्ता अन्य व्यक्तिको सम्पर्कबाट टाढा क्वारेन्टाइनमा रहनको लागि अनुरोध गरिएको हो । हुनत विदेशबाट आएका व्यक्तिहरूको हकमा थर्मल स्क्यानरको माध्यमबाट प्रवेश बिन्दुमै शरीरको तापक्रम नापेर शंकास्पद व्यक्तिहरूलाई अलग्गै आइसोलेशनमा पठाउने गरिएको पनि छ, तर, यो पनि शत प्रतिशत प्रभावकारी उपाय भने होइन । किनकि, कुनै व्यक्ति संक्रमित हुँदैमा तुरुन्तै लक्षणहरू देखिनै पर्दछ भन्ने छैन, तर, पनि ती संक्रमित व्यक्तिले बाहकको रूपमा अन्य व्यक्तिहरूलाई रोग सारिरहेको हुनसक्छ ।

नोभल कोरोना भाइरसका लक्षणहरू :
निम्नलिखित लक्षणहरू देखिएमा कोरोना भाइरसको शंका गरी तुरुन्त स्वास्थ्य संस्थाको सम्पर्कमा रही चिकित्सकको निगरानीमा उपचार सुरु गराउनु पर्दछ ।

१)  शरीरको तापमान सामान्य भन्दा उच्च भई ज्वरो आएमा । यसमा प्रायशः १००.४ डिग्री फरेनहाइट भन्दा माथि पुगेको हुन्छ ।

२)  रुघा खोकीको लक्षण देखिएमा । साथै फ्लूको लक्षण देखिएमा बढी सचेत हुनु पर्दछ ।

३)  घाँटी र टाउको दुखेमा ।

४)  श्वास–प्रश्वासमा समस्या देखिएमा ।

कोरोना भाइरस सर्ने तरिका :
कोरोना भाइरस कुनै पनि संक्रमित व्यक्तिबाट अन्य व्यक्तिहरूलाई सर्ने मुख्य तरिका भनेको संक्रमित व्यक्तिको शरीरबाट निस्केका थुक, र्‍याल जस्ता श्रावहरूले गर्दछ । संक्रमित व्यक्तिले हाच्छ्यूँ गर्दा तथा खोक्दा निस्कने छिटा स्वस्थ्य व्यक्तिको शरीरमा विशेषतः स्वाश–प्रश्वास मार्गमा प्रवेश गरेमा भाइरसले आफूलाई सक्रिय गराएर मानिसलाई संक्रमित गराउँदछ र रोगको लक्षण देखिनु भन्दा पहिल्यै अन्यलाई पनि संक्रमित गराउन थाल्दछ ।

कोरोना भाइरसको संक्रमण हुनबाट जोगिने र अरूलाई पनि जोगाउने उपायहरू :
१)  नियमित रूपमा साबुन पानीबाट हात धुने । हात धुँदा कम्तिमा २ मिनेट साबुन पानीले मिचिमिचि धुने । साबुन पानी उपलब्ध नभएको अवस्थामा अल्कोहल युक्त स्यानिटाइजरको प्रयोग गरी हात स्वच्छ राख्ने ।

२)  खोक्दा वा हाँच्छ्यूँ गर्दा आफ्नो पाखुराले वा टिस्यू पेपरले नाक, मुख छोप्ने र सो टिस्यू पेपरलाई सुरक्षित रूपमा डस्टबिनमा फाल्ने ।

३) फ्लू अथवा रुघा वा त्यस्तै लक्षण देखिएका व्यक्तिको सम्पर्कबाट टाढा रहने ।

४)  वर्तमान अवस्थामा संक्रमणको जोखिम बढिरहेको अवस्थामा हुलमुलमा नजाने । सकेसम्म आफ्नो घरबाट बाहिर ननिस्किने । यदि जानै परेमा पनि सामाजिक दूरी (कम्तिमा १ मिटर) कायम राख्ने ।

५)  अपरिचित व्यक्तिसँग सकेसम्म नजिक नहुने र बढी दूरी कायम राख्ने ।

६)  बाहिर गएर आएपछि साबुन पानीबाट मिचिमिचि हात धुने ।

७)  दम, डाइबेटिज, मुटु तथा मृगौलाका रोगी जस्ता दीर्घ रोगीलाई बाहिरी व्यक्तिको सम्पर्क गर्न नदिने ।

८)  संक्रमित व्यक्तिहरूको नजिक गएको भएमा कम्तिमा २ हप्ता क्वारेन्टाइनमा बस्ने ।

९)  यदि कोरोना पुष्टि हुने लक्षण देखिएमा कसै सँग कुनै पनि प्रकारबाट सम्पर्कमा नरही आइसोलेशनमा बस्ने र चिकित्सकको निगरानीमा बसी उपचार विधि सुरु गर्ने ।

वर्तमान नेपालको परिप्रेक्षमा कोेरोनाको प्रभाव र गर्नु पर्ने कामहरू :
विश्वलाई नै प्रभावित पारेको कोरोनाको महामारीबाट जोगाउन नेपालले पनि अन्य देशले झैँ एक मात्र निर्बिकल्प उपायको रूपमा लकडाउनको नियमलाई २०७६ चैत्र ११ गते (24 March 2020) बाट लागू गरेको छ । जबकि चीनको वुहान प्रान्तमा फैलिएको महामारीको कारकको रूपमा कोरोना भाइरस भनि २२ पौष २०७६ (7 jan 2020) मा पहिचान गरिएको थियो भने विश्व स्वास्थ्य संगठनले २८ फागुन २०७६ (11 March 2020) मा यसलाई विश्वव्यापी महामारी भनि घोषणा गरिएको थियो । लकडाउनको कारणले महामारीको संक्रमणलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सफल भइरहेको छ भने अर्कोतिर सर्वसाधारण जनताको दैनिक जीवनमा निकै नराम्रो प्रभाव परेको छ । सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने असंगठित क्षेत्रमा काम गर्ने ज्यामी र मजदूर वर्ग यसको चपेटामा परेको छ ।

कलकारखाना बन्द हुँदा मजदूर वर्गले कामबाट हात धुनु पर्ने अवस्था श्रृजना भएको छ । यसबाट श्रृजित भोकमरीको समस्यालाई केही हदसम्म भए पनि कम गर्न सरकारले स्थानीय सरकारको सहकार्यमा गरीब निमुखा जनता, जसका अन्य आयश्रोत नभएका व्यक्तिहरूलाई खाद्य सामग्री वितरण गर्ने कार्य गरिरहेको छ । तर बिडम्बना, यसरी सहयोग वितरण गर्ने कार्यको लागि आवश्यक परेका व्यक्तिहरूको पहिचान तथा वितरण गर्दा विश्व स्वास्थ्य संगठन तथा आफैँले निर्धारण गरेको न्यूनतम सामाजिक दूरी कायम गर्ने काममा भने सरकार चुकेको देखिन्छ । यस्ता व्यक्तिहरूको पहिचान गर्न एउटा वडामा एक ठाउँबाट मात्रै नाम दर्ता गर्ने तथा वितरण कार्य गर्दा सम्बन्धित सबै सर्वसाधारणहरू एकै पटक एकै ठाउँमा भेला हुने गर्दा हुलमुल हुन जाने तथा सो स्थानसम्म आते जाते गर्दा पनि लकडाउनको पूर्ण पालना हुन सकेको छैन । त्यसैले यस संगीन घडीमा यस प्रकारको सामाजिक कार्य गर्न दलहरूले भोट माग्ने बेला घरदैलो कार्यक्रम सञ्चालन गरे झैँ प्रत्येक नागरिकको घर–घरमा पुगेर सहयोग आवश्यक भएका घर परिवारलाई परिवार संख्याअनुसार सहयोग वितरण गर्नु पर्ने देखिन्छ । अनि मात्र हरेक राजनैतिक दलहरूले आफ्नो सामाजिक दायित्व पूरा गरेको ठहर्दछ भने कोरोना भाइरस जस्तो महामारीबाट संसारलाई बचाउने कार्यमा योगदान गरेको पनि देखिनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....