ललितपुर १९ वडा उपशाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न (फाेटाेफिचर)

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार १९:४४


ललितपुर, बैशाख ९ ।
विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे लकडाउनकाे समयमा काेही पनि बिरामीहरू रगतकाे अभावका कारण अप्ठ्याराेमा नपराेस् भन्ने मूल उद्देश्यले नेपाल रेडक्रस साेसाइटी वडा नं.–१९ उपशाखा तिच्छुँगल्लीद्वारा आज ललितपुर उपमहानगरपालिका ईबाबहीस्थित राजश्री महाविहारमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

उक्त रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताहरूले उल्लेख्य रूपमा सहभागिता जनाई रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा आफ्नाे अमूल्य रक्तदान गरी निःस्वार्थ रूपमा सहभागी जनाएका रक्तदाताहरूलाई वडा नं.–१९ का वडाध्यक्ष एवं नेपाल रेडक्रस साेसाइटी वडा नं.–१९ का उपशाखाका सभापति विनाेद ताम्रकारले माक्स तथा साबुनलगायत उपहार स्वरूप प्रदान गरेका थिए ।

रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयाेग गर्नु हुने सम्पूर्ण रक्तदाता, कार्यसमिति सदस्य, आजीवन सदस्य, ललितपुर रक्त सञ्चार सेवा केन्द्र तथा ललितपुर जिल्ला शाखाबाट उपस्थित भएका सभापति तथा निवर्वतमा सभापतिहरूलाई वडाध्यक्ष ताम्रकारद्वारा हार्दिक आभार प्रकट गर्दै सबैमा धन्यवाद ज्ञापन दिँदै कार्यक्रम सम्पन्न गरिएकाे थियाे । फाेटाे : लक्ष्मी श्रेष्ठ ।









प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....