पुनःसंरचनाको विरोधमा रहेका स्थानीयको टार्गेट बन्यो कांग्रेस नेता डा. महत

प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार ०८:५७


झडपमा ४७ राउण्ड गोली र २३ राउण्ड अश्रुग्याँस प्रहार

काठमाडौं, माघ १३ ।
गएको ११ दिनदेखि पुनःसंरचनाको विरोधमा आन्दोलनरत नुवाकोटका स्थानीयबासीले नेपाली कांग्रेसका वरिष्ठ नेता डा. रामशरण महतको कार्यक्रम बिथोल्दै आक्रोश पोखेका छन् ।

नेता डा. महत नुवाकोटको खानीगाउँ गाविसको ढिकुरेमा जागरण सभा लिएर गएका उनलाई स्थानीयले सभा बिथोल्ने प्रयास गरेपछि त्यहाँ झडपसमेत भएको थियो । झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउण्ड रबरको गोली र २३ राउण्ड अश्रुग्याँस प्रहार गरी नियन्त्रणमा लिएका थिए ।

उक्त झडपमा परी एक सशस्त्र प्रहरीसहित सात जना घाइते भएका छन् । डा. महत सहभागी जागरण सभा बिथोल्न आएकालाई नियन्त्रणमा लिन ४७ राउण्ड रबरको गोली र २३ राउण्ड अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । प्रहरीले सुरुमा लाठीचार्ज गरेको थियो । तर, पनि भीड नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाएको उनले बताए ।

तीन जनालाई रबरको गोली लागेको छ भने लाठी प्रहारबाट अरू तीन जना घाइते भएका छन् । रबरको गोलीबाट सूर्यमति–२ का सुजन न्यौपाने, लक्ष्मण गुणी र सूर्यमति–१ का कान्छा भण्डारी घाइते भएका हुन् । यस्तै प्रहरीको लाठीचार्जबाट थानसिंह–७ कानवराज रोका, सूर्यमति–१ का कृष्ण गजुरेल र सूर्यमति–२ का विकास मगर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसरी आन्दोलनरत स्थानीयको आक्रमणपश्चात् सुरक्षाकर्मीहरूले नेता डा. महतलाई बचाउन हम्मेहम्मेसमेत भएको थियो भने नेता डा. महतलाई नै टार्गेट गर्नु अर्को आश्चर्यजनक कुरा भएको छ ।

केही सयम अघि पनि ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर सहभागी कार्यक्रममा पनि यस्तै प्रकारले स्थानीयले कार्यक्रम बिथोल्न खोजेपछि झडप भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....