दुर्घटनामा न्यूनीकरण गर्न सवारीसाधनबाट ट्राफिक जनचेतना

प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार १३:२३


काठमाडौं, माघ १३ ।
दिनहुँ जसो हुने सडक दुर्घटनालाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमार्फत जनचेतना जगाउने भएको छ ।

ओबल इन्टरनेशनल प्रालिको सहयोगमा महाशाखाले सवारीसाधनमार्फत जनचेतना दिन लागेको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले ट्राफिक जनचेतनाका अभावले वर्षेनि हजारौँ मानिसको ज्यान जाने गरेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा थप सहयोग पुग्ने बताए ।

उनले भने, ‘यसले सवारी प्रयोगकर्ता र सर्वसाधारणलाई जनचेतना दिने हुँदा यो सेवा प्रभावकारी हुन्छ ।’ उनकाअनुसार ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउनका लागि महानगरपालिकाको सहयोगमा ३१ स्थानमा ट्राफिक बत्ति जडान गरिने छ ।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले हाम्रो शिक्षामा ट्राफिक जनचेतनासम्बन्धी कुरा समेट्न बाँकी रहेको बताउँदै नसमेटिएका अवस्थामा यस्ता कार्यक्रमले ट्राफिक जनचेतनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महाशाखाले जहाँ मानिस जम्मा हुन्छन् त्यस्ता ठाउँमा ट्राफिक जनचेतनासम्बन्धी सेवा प्रदान गर्नेछ । महाशाखाले सेवा दिन आवश्यक परेको क्षेत्रको अध्ययन गरी दैनिक भिन्दाभिन्दै ठाउँमा सो सेवा सञ्चालन गर्ने बताएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....