आज विश्व रेडक्रस दिवस

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार १०:१०


काठमाडौं, बैशाख २५ ।
आज विश्व रेडक्रस दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको यो संस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयम्सेवकका रूपमा कार्यरत छन् ।

नेपालमा २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र १ हजारभन्दा बढी उपशाखाहरू छन् । नेपालमा रेडक्रममा ११ लाखभन्दा बढी स्वयंसेवक आवद्ध छन् । दिवसका अवसरमा जिल्ला शाखा तथा उपशाखाले देशैभरी ¥याली, रक्तदान, विपद् व्यपस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरू आयोजना गर्दैछन् ।

रेडक्रसको मुख्य कार्यहरूमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरूमा घाईतेहरूको उद्धार रहेको छ । यो संसारले धेरै यूद्धहरू खेपेको छ, रक्तपातको ईतिहास बोकेको छ अनि हरेक यूद्धमा कैंयनका सख्यामा घाईतेहरू उपचार नपाईकन छटपटाएर मरेका छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यक्तालाई महसुस गरेर रेडक्रस स्थापना गरेका थिए ।

अस्पताल, स्वास्थ्य सँस्था र स्वास्थ्यकर्मीहरू चिनाउनकालागि यही रातो क्रस चिह्नको प्रयोग गरिन्छ । नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को शुरुवात भएको हो ।


प्रतिक्रिया


ताजा खबर

More

अमेरिका पठाइदिने प्रलाेभनमा पारेर ठगी अभियाेगमा फिल्मकर्मी ऋचा घिमिरे र उनका पतिविरुद्ध प्रहरीमा उजुरी

काठमाडाैं, कार्तिक २८ । फिल्म ‘तेल भिसा’को प्रदर्शनको तयारीमा रहेका फिल्मकर्मी जोडी ऋचा.....