ठगीकाे आराेपमा सहकारीका प्रबन्धक खड्गी ललितपुरबाट पक्राउ

प्रकाशित मिति: २३ भाद्र २०७७, मंगलवार १८:२८


ललितपुर, भाद्र २३ ।
काठमाडौंको न्यूरोडमा रहेको नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक रामकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रबन्धक पदमा गत मिति २०७० साल असारदेखि मिति २०७७ साल जेठ मसान्तसम्म ७ वर्ष कार्यरत हुँदा उक्त सहकारीको हर हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण जिम्मा लिई उक्त संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई करिब ५ करोड ६७ लाख नगद ठगी गरेको भन्दै उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । महासाखाले उनलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई ठगीसम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान जारी राखेको महाशाखालो जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मन्छिन्द्रनाथकाे मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....