ललितपुरमा ८ वर्षीया बालिकालाई फकाइफुलाई अपहरण, केही घण्टामै उद्दार, अभियुक्तहरू पक्राउ

प्रकाशित मिति: ४ कार्तिक २०७७, मंगलवार १४:१२


ललितपुर, कार्तिक ४ ।
प्रहरीले अपहरणमा परेकी एक ८ वर्षीया बालिकाको समयमा नै उद्दार गर्न सफल भएकाे छ । महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गत रहेका डीएसपी मित्रबन्धु शर्माको टोलीले गएराति करिब साढे ७ बजेतिर अपहरणमा परेकी बालिकाको उद्दार गरेको हो ।

बारा सिम्रौनगढ नगरपालिका–१ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर–४ मनकामना चोकस्थित बस्ने गुड्डी साहकी ८ वर्षीया छोरी अपहरणमा परेकी थिइन् । प्रहरीले अपहरणमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको परिसरका डीएसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।

प्रहरीले सर्लाही हरिवन नगरपालिका वडा नम्बर–८ बासटोल घर भएका ३० वर्षीय राजु कार्की, काभ्रे नमोबुद्ध नगरपालिका वडा नम्बर–८ कि २३ वर्षीया सीता परियार र धनुषा धारपानीका ४० वर्षीय कृष्ण तोलामीलाई नियन्त्रणमा लिएको हो । उनीहरूले बालिका कोठाभन्दा बाहिर खेलिरहेको माैका छाेपेर लिएर गएको डीएसपी तामाङले बताए ।

‘उनीहरूले फकाइफुलाई लगेको पाइयो । यसमा थप अनुसन्धान भइरहेको छ,’ डीएसपी तामाङले भने ।

त्यसपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए । मौखिक उजुरीको आधारमा प्रहरीले गएराति नै खोजतलासी गर्दा ललितपुर महानगरपालिका हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाएर राखेको अवस्थामा फेला पारेको हाे ।

घटनाको मुख्य योजनाकार भने राजु कार्की रहेकाे अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....