भूकम्प पीडितको आवाज ‘हामी गोठमा, घरमा जनावर र मुसा’

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार ०९:४१


काठमाडौं, माघ १४ ।
नेपालमा गत २०७१ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पपश्चात् कैयौँको संख्यामा ज्यान जानुको साथसाथै कैयौँको घरबारविहीन भएको छ । विनाशकारी भूकम्प गएको करिब दुई वर्ष बित्न लाग्दासमेत सरकारले उचित रूपमा त्यसको समाधान गर्न सकेको छैन ।

जसका कारण भूकम्प पीडितहरू अझै पनि आफ्ना स–साना बालबालिका, वृद्धवृद्धालाई लिएर वर्षायामको चर्को घाम र वर्षासँगै जाडोमा कठाङ्ग्रिएको जाडोमासमेत आफ्नो बासस्थान त्यही टहरा र छाप्रोमा बिताउन बाध्य भइरहेका छन् । तर, सरकारमा आबद्ध राजनीतिक दलहरूको आ–आफ्नै स्वार्थका कारण भूकम्प पीडितहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यान कुरामा मात्र बढी केन्द्रित भएको र, काममा ढिलासुस्तीका कारण उनीहरू यस्तो बाध्यात्मक अवस्थालाई अंगालेर जीवन बिताउन बाध्य भइरहेका छन् ।

गोरखाको आरुअर्बाङ पाखुरेको पुरानो गाउँ निर्जन बनेको छ । करिब दुई वर्षअघिको भूकम्पले सबै घर अधकल्चो पारेर भत्काएपछि स्थानीयबासी बस्तिभन्दा केहीपर बारीमा पाल टाँगेर बसेका छन् त कोहीँ अर्काको घरमा भाडा तिरेर बस्न बाध्य छन् ।

गाउँलेले थातथलो छाडेर हिँडेपछि पुरानो बस्तिमा जंगली जनावर बस्न थालेका छन् । ‘हामी गोठमा बस्छौँ, हाम्रो घरमा मुसा, बिरालो र स्याल बस्छन्’, स्थानीय मनमाया गुरुङले आफ्नो दुखेसो पोखिन्, ‘त्यत्रो गाउँ अहिले त चकमन्न छ ।’ गाउँलेहरू पाखा पखेरोमा गाईभैँसीको गोठमा सुत्ने बाध्य भएको उनले बताइन् ।

सानोपाखुरे र ठूलोपाखुरेका सबै गुरुङ समुदाय बस्ने पुरानो गाउँ हो । यहाँ करिब ८७ वटा घर ढुङ्गाले छाएका छन् । तर, भूकम्पले गाउँलेहरूको बास नै उठाएपछि अहिले गाउँ सुनसान रहेको छ ।

राजधानीकै कुरा गर्ने हो भने पनि, अझै भूकम्पले भत्काएको घर बनाउन सकेको छैन । भएको घर पाताल सरह भएपछि अरूको शरणमा बस्न बाध्य छन् त कोहीँ महँगो कोठा भाडा तिरेर आफ्नो जीविकोपार्जन गर्दै आइरहेका छन् । सरकारले राहत स्वरूप उपलब्ध गराएको केही रकम पनि घरको लागि चाहिने आवश्यक लत्ता कपडा, खाद्य वस्तु किनेरै सकिएपछि थप भूकम्प पीडितहरू बिचल्लीमा छन् भने कसैलाई बालबच्चाको स्कूल फी तिर्नसमेत धौ धौ छन्, कोहीलाई अलिकति भएको जग्गा जमिन धितो राखेर ऋण काट्दै आफ्नो परिवारको पेट पाल्न बाध्य भएको अवस्था छ तर पनि सरकार किन कानमा तेल हालेर मौन बस्दै छन् ?


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....