एन्फा लिग फुटबल प्रतियोगितामा प्रशिक्षक र खेलाडीमाथि प्रतिबन्ध

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार १२:१६


नुवाकोट, बैशाख २६ ।
जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगितामा रेफ्री र लायन्सम्यानलाई आक्रमण गर्ने देवीघाट जालपा युवा क्लब र त्यसमा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ जरिवाना तोकिएको छ ।

चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा आक्रमणमा उत्रिएको देवीघाट जालपा क्बल र त्यसका प्रशिक्षक विनोद चित्रकार तथा खेलाडीहरु राजाराम चित्रकार र नवीन चित्रकारलाई दुई वर्षसम्मको प्रतिबन्ध र रु १५ हजार तिराउने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) नुवाकोटका महासचिव विष्णुप्रसाद चालिसेले जानकारी दिएका छन् ।

एन्फा नुवाकोटको बैठकले बैशाख १३ गते भएको खेलमा अनुशासनहीन काम गरेको भन्दै क्लब, प्रशिक्षक र खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ तिराउने निर्णय गरेको जनाएको छ ।

खेल सञ्चालनको समयमा मर्यादा विपरीत क्रियाकलाप गर्ने देवीघाट जालपाका समर्थक विकास चित्रकार, राकेश चित्रकार, नवीन चित्रकार, अरुण चित्रकार र विक्रम थापामगरमाथि समेत कारबाहीको माग एन्फाले गरेको छ ।

क्वाटरफाइनलको खेलमा चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा देवीघाट जालपाले प्रहार गरेको बल गोलमा परिणत भए पनि रेफ्री सहदेव श्रेष्ठले अफसाइड दिएपछि गोलको माग गर्दै प्रशिक्षक र खेलाडी विवादमा उत्रिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....