तोकिएकै समयसीमाभित्र निर्वाचन गर्न सरकार दृढ : मन्त्री पाण्डे

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार १६:०८


धादिङ, पोहेलागा आमै ।
संघीय मामिला एवं स्थानीय विकासमन्त्री हितराज पाण्डेले तोकिएकै समयसीमाभित्र निर्वाचन गर्न दृढ रहेको बताएका छन् ।

प्रेस सेन्टर धादिङ शाखाद्वारा आज आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनमा सबैको समान सहभागिताका लागि नै संविधान संशोधन प्रस्ताव पेश गरेकाले यसबाट छिट्टै निकास निस्किने बताए ।

यसअघि, जिविसले आयोजना गरेको कार्यक्रममा विकास निर्माणको कार्य समयमै पूरा गर्न र निर्वाचनका लागि तयार रहन स्थानीय निकायका कर्मचारीलाई मन्त्री पाण्डेले निर्देशनसमेत दिएका थिए ।

स्थानीय विकास अधिकारी जीवलाल भुसालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख इञ्जिनियर भरतराज अर्यालले जिविसको विकास निर्माणको प्रगति विवरण र नीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत देवराज चौलागाईंले नगरपालिकाको प्रगति विवरण पेश गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....