नबिल बैंक १८ औँ हस्तकला व्यापार र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनर

प्रकाशित मिति: ३ मंसिर २०७८, शुक्रबार १७:३१


काठमाडाैं, मंसिर ३ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिरदेखि ५ मंसिर, २०७८ सम्म ह्यात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रूपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।

नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यस वर्षसमेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ । महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपालअन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दीगो बैकिङ्ग दृष्टिकोण अनुरूप यो साझेदारी गरिएको हो । यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैंकको रूपमा नबिल बैंकको प्रतिबद्धतालाई झल्काउँदछ ।

एउटै छाताभित्र हस्तकला व्यावसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रूपमा सहभागी हुन पाउँदा गौरवान्वित महशुस गरेको बैंकका साना तथा मझौला उधम तथा लघुवित्त कर्जा विभागका प्रमुख निरज कुमार बस्नेत डनिलले बताए । साथै, यस वर्ष कोभिड-१९ महामारीबाट प्रभावित हस्तकला व्यावसायलाई पुर्नरुत्थान गर्न आर्थिक पहुँच पुर्याई दक्ष जनशक्तिको रोजगारी सुनिश्चित गर्न सहयोग हुने समेत बस्नेतले बताए ।

नेपाली हस्तकला उद्यम र व्यावसाय प्रवर्द्धनका लागि आयोजना गरिने राष्ट्रियस्तरका व्यापार मेलाहरूमा महासंघसँग नेपालको अग्रणी नबिल बैंक लिमिटेडले निरन्तर रूपमा गरिआएको सहयोग र सहकार्यले उद्यमी एवं समस्त हस्तकला व्यावसायलाई ऊर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले बताए । साथै, आगामी दिनमा समेत नबिल बैंकबाट निरन्तर सहयोग र सहकार्य हुने अपेक्षा व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....