भक्तपुरका वडाध्यक्षद्वारा आफ्नाे पाँच वर्षकाे सम्पूर्ण तलब र पारिश्रमिक विद्यालयलाई प्रदान

प्रकाशित मिति: २१ माघ २०७८, शुक्रबार १४:३८


भक्तपुर, माघ २१ ।
सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गरेका छन् ।

विद्यालयमा आउने गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न तथा कापी, कलम, किताब किन्न नसक्ने बालबालिकाहरूलाई शैक्षिक सामाग्री प्रदान गर्ने उद्देश्यले उनले विद्यालयमा स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ लाई पाँच वर्षको तलब भत्ताबापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष थापामागरले भने, ‘मैले आफू जनप्रतिनिधि भएपछि पाएको पाँच वर्षको सम्पूर्ण तलब, भत्ता गरी १५ लाख रुपैयाँ यस विद्यालयका लागि स्थापना भएको ‘जगत भैरव प्रतिष्ठानको अक्षय कोषलाई आजकै मितिबाट हस्तान्तरण गरेको छु, अब यो क्षेत्रमा कोही पनि गरिब विद्यार्थीले शुल्क तिर्न नसकेर वा शैक्षिक सामाग्री नभएर पढाईबाट बञ्चित हुनुपर्दैन ।’

सूर्यविनायक नगरपालिकाले यहाँका वडाध्यक्षलाई एक सवारी साधन (मोटरसाइकल), उक्त साधनका लागि पेट्रोल र बैठक भत्ता उपलब्ध गराउँदै आएको थियो । नगरपालिकाबाट पाउने कुनै पनि सुविधा नलिएको बताउँदै उनले भने, ‘म वडाध्यक्ष भएपछि नगरपालिकाले दिएको सवारी साधन पनि लिइन, मैले नगरपालिकाबाट एक रुपैयाँको तेल पनि लिएको छैन, मैले तलब भत्ता पनि लिन्न भनेको थिएँ, तर, सांसद महेश बस्नेतले तलब भत्ता लिएर सामाजिक कार्यमा लगाउनुस् भन्ने सुझाब दिएपछि उक्त रकम मैले गरिब विद्यार्थीका शिक्षाका लागि खर्च गर्ने गरी अक्षय कोषलाई हस्तान्तरण गरेको छु ।’


प्रतिक्रिया

ताजा खबर

More

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प, उपत्यकासम्म धक्का महशुस

काठमाडौं, पुष १८ । काठमाडौंमा आज बिहीबार दिउँसो भूकम्पको  धक्का महशुस भएको छ । दिउँसो १ बजेर २.....

जिम्बाबेमा मृत्युदण्डको सजाँय आधिकारीक रूपमा खारेज

एजेन्सी, पुष १८ । विश्व नयाँ वर्षको.....

दीपलका गाडी अब ४.९९% निश्चित ब्याजदरमा उपलब्ध

काठमाडौं, पुष १७ । दीपलको आधिकारीक.....

प्रभु बैंकको Digital Counter सञ्चालनमा

काठमाडौं, पुष १७ । अंग्रेजी नयांँ.....