सुनचाँदी कारोबारको पाँचौँ दिन पनि सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, पुष १८ ।
सुनचाँदी कारोबारको पाँचौँ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार आज छापावाल सुन प्रति तोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रति तोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रति तोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया