पेट्रोल र डिजेलको मूल्यमा वृद्धि, हवाई इन्धनको मूल्य घट्यो

प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार २२:०८


काठमाडाैं, पुष १६ ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज मंगलबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु. एक र डिजेलको मूल्यमा प्रतिलिटर रु. दुई बढाएको हो ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. दुई र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको छ । पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।

मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, दोश्रो वर्गमा एक सय ६२ रुपैयाँ र तेश्रो वर्गका लागि प्रतिलिटर एक सय ६३ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोश्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेश्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोश्रो तथा काठमाडौं, पोखरा र दीपायलस्थित डिपोलाई तेश्रो वर्गमा वर्गीकरण गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. एक सय २६ र काठमाडौंको हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर नौ सय ६० कायम गरिएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १.०९ र डिजेलमा रु २.२२ बढेको तथा तथा हवाई इन्धनमा प्रतिलिटर रु १.७१ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरुद्ध

काठमाडौं, पुष २० । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज शनिबार तीन घण्टा विद्युत अवरुद्ध.....

मुगुमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं, पुष १९ । मुगुमा भूकम्प गएको.....

जीप दुर्घटनामा परी एकै परिवारका तीनसहित चार जनाको मृत्यु

काठमाडौं, पुष १९ । जीप दुर्घटनामा परी.....