रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका ग्राहकलाई अन्नपूर्ण केबलकारमा ३०% छुटको बहार

प्रकाशित मिति: १७ पुष २०८१, बुधबार १३:१५


काठमाडाैं, पुष १७ ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरहरूलाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र अन्नपूर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारीअनुसार उक्त व्यवस्था गरिएको हो ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबलकारको तर्फबाट सञ्चालक चन्द्र बहादुर कार्कीले समझदारी पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले जीवन बीमा कारोबार सुरु गरेको ७ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । साथै कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने ७० लाखभन्दा बडी बीमितहरू रहेका छन् । अन्नपूर्ण केबलकारसँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले जनाएको छ ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सलले बीमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेल्दै आइरहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरुद्ध

काठमाडौं, पुष २० । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज शनिबार तीन घण्टा विद्युत अवरुद्ध.....

मुगुमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं, पुष १९ । मुगुमा भूकम्प गएको.....

जीप दुर्घटनामा परी एकै परिवारका तीनसहित चार जनाको मृत्यु

काठमाडौं, पुष १९ । जीप दुर्घटनामा परी.....